7 years ago
October 29, 2018
एजेन्सी – अस्ट्रेलियाविरुद्धको तीन टी-ट्वान्टी क्रिकेट श्रृंखलामा पाकिस्तानले क्लिन स्विप गरेको छ । आइतबार राती भएको तेस्रो खेलमा ३३ रनले पराजित गर्दै पाहुना टोली अष्ट्रेलियामाथि क्लिन स्विप गर्न सफल भएको हो । अस्ट्रेलियामाथि क्लिन स्विप गर्न बाबर आजम र शादब खानले उत्कृष्ट प्रर्दशन गरे ।

१ सय ५१ रनको सामान्य लक्ष्य पक्ष्याएको अष्ट्रेलिया निधारित ओभरको पाँच बल अगाडीनै अल आउट हुदैॅ १ सय १७ रनमा समेटियो । अस्ट्रेलियाका लागि एलेक्स क्यारिले २०, क्रिस लाएन १५ , बेन म्याकडममोर्ट र मिचेल मार्शले समान २१ रन बनाए । अस्ट्रेलियालाई सस्सतैमा रोक्न सादब खानले घातक बलिङ गरे । उनले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । त्यस्तै हसन अली २ तथा उस्मान खान, मोहमम्द हफिज र फहिम असहर्फले समान एक विकेट लिए ।
यस अघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निधारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ५० रन बनाएको थियो । पाकिस्तानका लागि आजमले अर्ध शतक प्रहार गरे । उनले ४० बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाए । त्यसतै हफिज ३२, शोएब मालिक १८ र फहरानले ३९ रन बनाए ।
अस्ट्रेलियाका लागि मिचेल मार्श २, नाथन लायन, एन्ड्रयु ट्राई र एडम जम्पाले समान एक एक विकेट हात पारे । यस अघि पहिलो खेल ६६ र दोस्रो खेलमा ११ रनले पाकिस्तान बिजयी भएको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]