default_image

7 years ago

October 29, 2018

पीपीएल : काठमाडौंलाई १ सय ५० रनको विजयी लक्ष्य

128 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – विराटनगर टाइटन्सले हुलास काठमाडौं रोयल्सलाई नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटअन्तर्गत सोमबारको पहिलो खेलमा १ सय ५० रनको विजयी लक्ष्य दिएको छ ।

पोखरास्थित पोखरा क्रिकेट मैदानमा सोमबार भएको चौथो दिनको पहिलो खेलमा विराटनगर टाइटन्सले काठमाडौंलाई १ सय ५० रनको विजयी लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले राम्रो शुरुवात गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

विराटनगरका लागि ओपनर ब्याट्सम्यान सुनिल धमला र मोहम्मद जायदले पहिलो विकेटको लागि ६५ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा सुनिल धमला ३० रनमा आउट भए । मोहम्मद जायद ६७ रनमा आउट भए । ४७ बलमा जायदले ७ चौका र ४ छक्का हिर्काए । राजेश पुलामी मगरले ३० रनको योगदान दिए ।

एन्टन एन्ड्रियु ४ रनमा पभेलियन फर्किए । प्रदिप ऐरी ८ रनमा आउट भए । पुष्प थापा १ रनमा आउट भए । काठमाडौंका सुसन भारी र गौरव तमोरले समान २ विकेट लिए । वसन्त रेग्मीले पनि २ विकेट हात पारे । काठमाडौंले केहीवेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

काठमाडौं लगातार दोस्रो जितको खोजीमा रहँदा विराटनगर पहिलो जितको खोजीमा छ । काठमाडौंले धनगढी ब्लुजलाई पराजित गरेको थियो । विराटनगर यसअघि पोखरा पल्टन र धनगढी ब्लुजसँग पराजित भएको थियो ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.