7 years ago
October 29, 2018
पोखरा – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को छैटौँ खेलमा हुलास काठमाडौँ रोयल्सले विराटनगर टाइटन्सलाई ५ विकेटले पराजित गर्दैै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदैँ १ सय ४९ रन बनाउन सक्यो । १ सय ५० रनको लक्ष्य पक्ष्याएको काठमाडौँले खेल सकिन ४ बल अगाडीनै ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । जितेन्द्र मुखियालाई अमरसिंह राउटेलाले छक्का हान्दै खेल जिताएका थिए । विराटनगरका लागि मोहमम्द जैद आलमले ६७ रन,सुनिल धमला र राजेश पुलामी मगरले समान ३० रन तथा साहव आलमले कसिलो बलिङ गर्दै २ विकेट लिएपनि टोलीलाई जिताउन सकेनन् ।
यो हारसँगै अव विराटनगरको अघिल्लो चरणको संभावना अंकगणितीय झिनो आसामात्र बाँकी रहेको छ । अवका सबै खेल जित्न सके र अन्य टोलीको नतिजा आफु अनुकुल आउन सके मात्र विराटनगरको उपाधि होड कायमै रहने छ । अन्यथा विराटनगर समुह चरणबाटै घर फकिनु पर्ने हुन्छ । रोमाञ्चक खेलमा काठमाडौँलाई लगातार दोस्रो जित दिलाउन उत्कृष्ट प्रर्दशन गर्ने यी ३ खेलाडी
गौरव तमोर
भारतीय मुलका २७ वर्षिय तमोरले दोस्रो खेलमा पनि उत्कृष्ट ब्याटिङ र बलिङ गरे । पहिलो खेलमा धनगडी एक्स्पर्टबीरुद्ध आक्रमक ब्याटिङ गर्दै ९५ रन बनाएका तमोरले दोस्रो खेलमा विराटनगरबीरुद्ध ६६ रन प्रहार गरे । तेस्रो ओभरको पहिलो बलमा जयकिशन कोल्छावालाई किशोर महतोले ६ रनमा आउट गरेपछि तेस्रो नंबरमा ब्याटिङ गर्न आएका उनले १९ ओभरको दोस्रो बलमा सन्दीप लामिछानेले एन्ड्रयुको हातबाट क्याच आउट गराउनु अघि उत्कृष्ट अर्धशतक प्रहार गर्दै बलिङमा बलियो विराटनगरमाथि जित संभव बनाए ।

४६ बलको सामना गरेका तमोरले ६ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन बनाउदा विराटनगरको तेस्रो खेलमा पनि पहिलो जितको आसा निरासमा बदलिन पुग्यो । तमोर ब्याटिङमा मात्र होइन बलिङमा पनि चम्किए । विराटनगरलाई सस्तैमा रोक्न उनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । विराटनगरका लागि सर्वाधिक ६७ रन बनाई खेली रहेका जैदलाई आउट गरेका उनले पुष्प थापालाई १ रनमा पेभिलिएनको फर्काएका थिए । तमोर खेलमा म्यान अफ द म्याच घोषित भए ।
वसन्त रेग्मी
राष्ट्रिय टोलीका सर्वाधिक अनुभवी स्पिनर बसन्त रेग्मीको बलमा विराटनगरका कुनै पनि ब्याटम्यान खुलेर खेल्न सकेनन् । कसिलो बलिङ गरेका रेग्मीले विराटनगरलाई सस्तैमा रोक्न ४ ओभरमा जम्मा ११ रन खर्चेर २ विकेट लिए । विराटनगरको मध्यक्रम निरास बनाउने काम गरेका उनले राजेश पुलामी मगरलाई ३० तथा राजु रिजाल १ रनमा आउट गरे । २४ बलमा १५ बल डट गराएका बसन्तको स्पेलमा कुनै पनि ब्याटम्यानले चौका र छक्का हान्न सकेनन् । बसन्तको कसिलो बलिङ विराटनगरको लागि घातक सावित हुन पुग्यो ।

अमित श्रेष्ठ
फ्रेन्चाइज घरेलु लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आई रहेका युवा ब्याटम्यान तथा ओपनर अमित श्रेष्ठले काठमाडौँको जितलाई सहज बनाउनको लागि धैयर्ताका साथ ब्याटिङ गरे । ओपनिङ ब्याटिङ गर्न आएका उनी ११ ओभरको तेस्रो बलमा साहव आलमको एलपी डब्लुको सिकार बन्नु अघि ३३ बलमा ३५ रन बनाए । उनले ६ चौका प्रहार गरेका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]