7 years ago
October 29, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा दोस्रो जित दर्ता गरेको छ । चितवन राइनोजले प्रस्तुत गरेको १ सय ४१ रनको लक्ष्य पोखराले ५ विकेट गुमाउँदै १८ औं ओभरमा पूरा गरेको हो ।

पोखराले पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई ५ विकेटले पराजित गर्दै लिगमा दोस्रो जित निकालेको हो । चितवनको भने यो लगातार दोस्रो हार हो । चितवन यसअघि पहिलो खेलमा बुटवल ब्लास्टर्ससँग पराजित भएको थियो । चितवनले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको घरेलु टोली पोखरा पल्टनले ४ विकेट गुमाएर रन बनायो । खराब शुरुवात गरेको पोखराका लागि तेस्रो विकेटको लागि रवि इन्दर सिंह र रोहितले तेस्रो विकेटको लागि ७८ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । दुवै ओपनर आसिफ शेख र कुशल भुर्तेल टोलीको रन शुन्य छंदा पेभेलियन फर्किसकेका थिए ।
रवि इन्दर सिंह ६५ रनमा आउट भए । उनले ४८ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । कप्तान शरद भेषवाकर ३७ रनमा आउट भए । उनले २० बलमा ३ चौका र ३ छक्का जोडे । रोहित पौडेलले १७ रन जोडे । चितवनका लागि करण केसीले ३ विकेट लिए भने सन्नी पटेल र शक्ति गौचनले १-१ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारि २० ओभरमा ५ विकेट गुमाएर १ सय ४० रन बनायो । मध्यम शुरुवात गरेको चितवनका लागि कप्तान पारस खड्काले ४४ रनको आक्रमक इनिङ्स खेले । ३२ बल खेलेका पारसले ३ छक्का र ३ चौका प्रहार गरे । सन्नी पटेलले २७ बलमा ३ चौका र ३ छक्कासहित ४६ रन बनाए । पारस र सन्नी पटेलले चौथो विकेटको लागि ५३ रनको साझेदारी गरेका थिए । समित पटेल रनमा अविजित रहे ।
सोनु तामाङले २१ रन जोडे । ओपनर अनिल कुमार साह १६ रनमा पेभेलियन फर्किए । हरिशंकर शाह ३ रनमा आउट भए । करण केसी शुन्यमा आउट भए । पोखराका विक्रम भुषालले २ विकेट लिए । मेहबुव आलम, मोहम्मद नाभिद, शरद भेषवाकरले समान १ विकेट लिए ।
प्रतियोगितामा भोलि मंगलबार कुनै खेल हुने छैन ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]