6 years ago
October 29, 2018
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) को टी– २० क्रिकेटको नयाँ बरियतामा नेपालका ४ खेलाडी १०० भित्र पर्न सफल भएका छन् ।
नयाँबरियता नेपालका कप्तान पारस खड्का,शरद भेषवाकर, सोमपाल कामी र बसन्त रेग्मी अटाएका छन् । ब्याटिङ तर्फ कप्तान पारस खड्का ९४ औँ स्थानमा रहेका छन् भने शरद अन्तिम १०० औँ स्थानमा रहेका छन् ।
त्यस्तै बलिङ तर्फ सोमपाल कामी ९२ औँ स्थानमा रहेका छन् भने बसन्त रेग्मी ७४ औँ स्थानमा रहेका छन् । टी– २० क्रिकेटको अलराउण्डर तर्फ पारस ३९ तथा सोमपाल कामी ६१ औँ स्थानमा रहन सफल भएका छन् । ब्याटिङमा बाबर आजम र बलिङमा रसिद खान शिर्ष स्थानमा रहेका छन् ।
December 11, 2024
भुपेन्द्र जि.सी. लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा काठमाण्डु गुर्खाजसँग १८ रनले हार्दै प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बन्यो । लिगका ६ मध्य ५ खेल हारेपछि लुम्बिनी प्लेअफ दौडबाट बाहिरिएको हो । असोज तेस्रो साता काठमाडौंमा सम्पन्न अक्सनमा लुम्बिनी सबैभन्दा भाग्यमानी मानिएको थियो । अक्सनमा उच्च प्रतिस्पर्धापछि गोलाप्रथामा टोलीले ५ खेलाडी (ग्रेड ए […]
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्स काठमाडौं गुर्खाजसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । काठमाडौंसँग १८ रनले पराजित हुदै लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । काठमाडौंले दिएको १ सय ४ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा ८५ रनमा अल आउट भयो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक […]
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सको बलिङ सामू काठमाडौं गुर्खाज झिनो योगफलमा समेटिएको छ । लुम्बिनीविरुद्ध काठमाडौंले १ सय ४ रनको झिनो लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १ सय ३ रनमा अल आउट भयो । काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । […]