default_image

7 years ago

October 31, 2018

पीपीएल : पारसको चितवनको पहिलो जित, धनगढी ६७ रनमै अलआउट

117 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा पहिलो जित निकालेको छ ।

चितवनले धनगढी ब्लुजलाई १ सय २६ रनले पराजित गर्दै लिगमा पहिलो जित निकालेको हो । १ सय ९४ रनको लक्ष्य पछ्याएको धनगढीले १७ औं ओभरमा अलआउट हुनुअघि ६७ रनमात्र जोड्न सक्यो । स्पिनर सन्नी पटेलले ३ ओभर २ बलमा ८ रन खर्चेर ४ विकेट लिएपछि धनगढी सस्तैमा सिमित भएको हो । नयाँ ओपनर जोडीसहित उत्रेको धनगढीले निकै खराब सुरुवात गरेको थियो । पहिलो ओभरको चौथो बलमै ओपनर दीलिपनाथ शुन्यमा आउट भए । अर्का ओपनर ड्यानियल लरेन्स दोस्रो ओभरको पहिलो बलमै आउट हुदा धनगढीले रनको खाता खोल्न सकेको थिएन ।

त्यसपछि समस्यामा रहेको धनगढीका कुनै पनि ब्याट्सम्यानले साझेदारी गर्न सकेनन् । पिटर डभिड ट्रेगोले २७ रन बनाए । सौरभ खनाल र सन्दीप जोरा समान ८ रनमा आउट भए । योगेन्द्र सिंह कार्कीले १७ रनमा आउट भए । चितवनका भुवन कार्की र स्मिथ पटेलले समान २ विकेट लिए । करण केसी र शक्ति गौचनले समान १ विकेट लिए ।

हरिशंकर साह

त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रनको योगफल तयार पारेको थियो । राम्रो शुरुवात गरेका चितवनका लागि ओपनर ब्याट्सम्यानहरुले उच्च प्रदर्शन गरे । पहिलो विकेटको लागि ओपनर अनिल कुमार साह र हरिशंकर शाहले १ सय १ रनको कीर्तिमानी साझेदारी गर्दा हरिले ३२ बलमा अर्धशतक पूरा गरे । उनले ६ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन जोडे । अर्का ओपनर अनिले साहले ३७ रनको योगदान दिए ।

अनिल आउट भएलगत्तै हरि पनि आउट भए । स्मित पटेलले २४ रनमा तथा कप्तान पारस खड्का १९ रनमा पेभेलियन फर्किए । महँगा खेलाडी आरिफ शेख फेरि शुन्यमा आउट भए । पहिलो खेलमा खाता खोल्न नसकेका आरिफले दोस्रो खेलमा ब्याटिङ पाएका थिएनन् । करण केसी र सन्नी पटेलले छैटौ विकेटको लागि ३१ रनको साझेदारी गरे । सन्नी पटेल २६ र करण ११ रनमा नटआउट रहे । धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरी, कमल सिंह ऐरी, मन्जित श्रेष्ठ, आरिफ शेख र ड्यानियल लरेनसले समान १ विकेट लिए ।

सुरुवाती दुई खेलमा पराजित भएको चितवनले यस जितसँगै प्ले अफमा स्थान बनाउने सम्भावना जिवितै राखेको छ । चितवन यसअघि पहिलो खेलमा बुटवल ब्लास्टर्ससँग ७० तथा दोस्रो खेलमा घरेलु टोली पोखरा पल्टनसँग ५ विकेटले पराजित भएको थियो । पहिलो जितसँगै चितवनले प्ले अफमा रहने सम्भावना बलियो बनाएको छ । यता, तीन खेलबाट दोस्रो हार बेहोरेपछि धनगढीको प्ले अफ पुग्ने सम्भावना रहेपनि झिनो बनेको छ । तीन खेलमा समान एक जितसहित धनगढीको पनि प्लेअफ पुग्ने सम्भावना जिवितै छ । दिनको अर्को खेलमा बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स भिड्ने छन् ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.