default_image

7 years ago

October 31, 2018

पीपीएल : सन्दीपको विराटनगरको पहिलो जित

101 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा बुधबार भएको दोस्रो खेलमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गरेको छ । प्रतियोगितामा पहिलो जितसँगै विराटनगरले प्लेअफमा पुग्ने गणितीय सम्भावना कायम राखेको छ ।

विराटनगरले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रनमात्र जोड्न सक्यो । अन्तिम ओभरमा जितका लागि १३ रन चाहिएको अवस्थामा किशोर महतोले कसिलो बलिङ गर्दै मेडन फ्याँके । उनले समग्रमा ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । बुटवलका लागि भीम सार्कीले सर्वाधिक ५० रन बनाए । उनले रनआउट हुनुअघि ४२ बलमा ४ चौका र १ छक्का प्रहार गरे । ओपनर सागर पुन ३३ बलमा २९ रन जोड्दै आउट भए । मध्यक्रमका शंकर राना २३ रनमा सन्दीप लामिछानेबाट बोल्ड आउट भए । चिराग सुरी र प्रकाश केसीले खाता खोल्न सकेनन् ।

रोहन मुस्ताफा १ रनमा किशोर महतोको बलमा मोहम्मद जायदबाट क्याच आउटको शिकार भए । सोमपाल कामीले ९ बलमा ७ रनमात्र जोडे । विराटनगरका कप्तान सन्दीप लामिछानेले र किशोर महतोले समान २ विकेट लिए । सुनिल धमला र साहब आलमले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ७  विकेट गुमाएर १ सय ४० रन जोडेको थियो । मध्यम शुरुवात गरेको बिराटनगरका लागि मोहम्मद जायद आलमले ७२ रनको अर्धशतकीय इनिङ्स खेले । जायदले ४५ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । प्रदीप ऐरीले ४१ रन जोडे । ऐरीले ४३ बलमा ३ छक्का प्रहार गरे । उनीहरुले तेस्रो विकेटको लागि ६७ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । राजु रिजालले ८ रन जोडे । राजेश पुलामी १ रनमा आउट भए ।

पहिलो विकेटको रुपमा सुनिल धमला शुन्यमा आउट भएका थिए । त्यसपछि जितेन्द्र सिंह ठकुरी २ रनमा आउट भए । पुष्प थापा ४ रनमा नट आउट रहे । बुटवलका ललितसिंह भन्डारीले २ तथा विपीन खत्री, मोहम्मद संसाद शेख र सागर पुनले समान १ विकेट लिए ।

यस जितसँगै विराटनगरको प्लेअफ सम्भावना जिवितै रहेको छ । सुरुवातको तीन खेलमा पराजित भएपनि विराटनगरले गणितीय सम्भावना कायम राखेको हो । विराटनगरले अब चितवन राइनोजसँग खेल्न बाँकी छ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.