default_image

7 years ago

November 1, 2018

पीपीएल : जित्नै पर्ने दबाबमा चितवन र धनगढी

140 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियिर (पीपीएल ) मा आज दुई खेल हुदै छन् । पहिलो खेलमा चितवन राइनोज र हुलास काठमाडौँ रोयल्सबीच खेल हुने छ ।

सुरुवाती दुई खेलमा जित निकालेको काठमाडौं आजको खेलमा त्यहि नतिजा दोहोराउदै तेस्रो जित निकाल्ने सोचमा रहेको छ । पहिलो खेलमा धनगढीलाई १७ रनले पराजित गरेको काठमाडौंले दोस्रो खेलमा विराटनगरलाई ५ विकेटले हराएको थियो । त्यस्तै पहिलो खेलमा बुटवलसँग ७० रनले पराजित भएको चितवन दोस्रो खेलमा पोखरासँग ५ विकेटले पराजित हुन पुगेको थियो । त्यस्तै तेस्रो खेलमा धनगढीलाई १ सय २६ रनले पराजित गरेको चितवनले प्ले अफको आसा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ ।

त्यस्तै आजको दोस्रो खेलमा धनगढीले बुटवलको सामना गर्ने छ । सुरुवाती ३ खेलमा दुई खेलमा पराजित भएको धनगढीलाई प्ले अफको आसा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । पहिलो खेलमा काडमाडौँसँग १७ रनले पराजित हुदाँ दोस्रो खेलमा विराटनगरलाई ७८ रनले हराएको थियोे । त्यस्तै तेस्रो खेलमा चितवनसँग १ सय २६ रनको फराकिलो हार खान पुगेको थियो ।

सुरुवाती ३ खेलमा दुईमा जित र १ मा हार ब्योहोरेको सोमपाल कामी कप्तान रहेको बुटवल अघिल्लो चरणको यात्रा बलियो बनाउन आजको खेलमा जित्नै पर्ने दवाव रहेको छ । पहिलो खेलमा चितवनलाई ७० रनले हराउदा घरेलु टोली पोखरालाई ३३ रनले हराएको थियो । तेस्रो खेलमा वुटवल विराटनगरसँग १२ रनले पराजित हुन पुगेको थियो ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.