7 years ago
November 1, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल ) को १० औँ खेलमा हुलास काठमाडौँ रोयल्सलाई १३ रनले पराजित गर्दै चितवन राइनोजले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको चितवनले ओपरन हरिशंकर शाहको उत्कृष्ट प्रर्दशनमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै मात्र १ सय ४९ रन बनाएको थियो । १ सय ५० रनको लक्ष्य पक्ष्याएको काठमाडौँ निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै मात्र १ सय ३६ रन जोड्न सक्यो । काठमाडौँको लागि गौरव तोमर ३९ र कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । यो जितसँगै ४ खेलमा दुईमा जित र दुईमा हारका साथ चितवन अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
त्यस्तै ३ खेलमा दुईमा जित र १ मा हारका साथ काठमाडौँ एक स्थान तल झर्दै चौथो स्थानमा पुगेको छ । यी दुबै टोलीको प्ले अफको संभावना भने कायमै छ । अंक तालिकामा पहिलो स्थानमा वुटवल बलास्टर, दोस्रो स्थानमा पोखरा पल्टन रहँदा पाँचौ स्थानमा धनगढी र पुछारमा विराटनगर रहेको छ । काठमाडौँलाई पहिलो पटक निरास बनाउदैँ चितवनलाई दोस्रो जित दिलाउन यी ३ खेलाडीले उत्कृष्ट प्रर्दशन गरे ।
हरि शंकर शाह
ओपनर हरि शंकर शाहले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरे । अघिल्लो दिन( बुधबार ) धनगढीबीरुद्ध ५३ रन बनाएका शाहले आजको खेलमा ६० रन प्रहार गरे । शाहले आफ्नो इनिङ्समा ३ पटक महत्वपूर्ण जीवनदान पाएका थिए । १५, ५१ र ५८ रन बनाएर खेली रहको अवस्थामा काठमाडौँका फिल्डरले क्याच छोड्न पुगेका थिए । जुन काठमाडौँको लागि घातक बन्न पुग्यो । १९ ओभरको तेस्रो बलमा आउट हुनु अघि शाहले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६० रन बनाए । चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य सम्म पुर्याउन उत्कृष्ट प्रर्दशन गरेका शाह आजको खेलमा म्यान अफ द म्याच समेत घोषित भए ।

करण केसी
सामान्य स्कोर रक्षा गर्न करणले उत्कृष्ट बलिङ गरे । जारी प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गदै आई रहेका करणले आजको खेलमा पनि त्यहि लयलाई निरन्तरता दिए । आफ्नो पहिलो स्पेलको पहिलो ओभरमा ८ रन खर्चेका करणले कुनै विकेट लिन सकेनन् । त्यस्तै दोस्रो स्पेल लिएर तेस्रो ओभरमा बलिङ गर्न आएका करणले पहिलो बलमै काठमाडौँका ओपनर अमित श्रेष्ठलाई विकेट किपर पुष्प थापाको हाटबाट क्याच आउट गराउदैँ १ रनमा पेभिलिएन फर्काए । आफ्नो तेस्रो स्पेल लिएर आएका करणले पहिलो र दोस्रो बल मल्ललाई डट गराए ।
मल्लले तेस्रो बलमा चौका र चौथो बलमा छक्का हानेका थिए । तर ५ औँ बलमा बोल्ड आउट गर्दै ३० रनमा पेभिलिएन फर्कापछि चितवनको जित सहज देखिएको थियो । त्यस्तै आफ्नो अन्तिम स्पेलको १९ औँ ओभरको अन्तिम बलमा काठमाडौँका अन्तिम आसा गरेका ब्याटम्यान अमर सिंह राउटेलालाई हरि शंकर शाहको हातमा क्याच थमाउदै चितवनको जित निश्चित जस्तै गरे । करणले चितवनलाई जिताउन सम्रगमा ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए ।
पारस खड्का
ब्याटिङमा सोचे जस्तो प्रर्दशन गर्न नसकेका कप्तान पारसले चितवनलाई दोस्रो खेल जिताउन बलिङ उत्कृष्ट गरे । विश्फोटक ब्याटिङ गर्ने क्षमताका गौरव तोमर क्रिजमा रहन सम्म काठमाडौँको जित सहज देखिएको थियो । गौरव तोमर आउट हुनु अघि काठमाडौँ १४ औँ ओभरमा ३ विकेटको क्षतिमा १ सय २ रन बनाई सकेको थियो । तर कप्तान पारस खड्काले १५ औँ ओभरको पहिलो बलमै भुवन कार्कीको हातबाट क्याच आउट गराउदैँ ३९ रनमा तोमर लाई आउट गरेपछि चितवन खेलमा फर्किदा काठमाडौले निरन्तर विकेट गुमाउदै गयो ।

पारसले गौरवको विकेट लिएसँगै सामान्य लक्ष्यमा चितवनको दोस्रो जित संभव देखिएको थियो । कसिलो बलिङ गरेका पारसले अन्तिम ओभर बलिङ गर्न आएका थिए । काठमाडौँलाई जितको लागि १७ रन चाहिएको थियो र हातमा दुई विकेट थियो । तर कप्तान पारसले ३ रन खर्चेर एक विकेट लिएपछि चितवनले दोस्रो जित निकाल्न सकेको हो । पारसले सम्रगमा ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]