default_image

7 years ago

November 1, 2018

पीपीएल : धनगढी २० रनले विजयी, सबै टोलीको सम्भावना जिवितै

90 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत बिहीबार दोस्रो खेलमा एक्सपर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई २० रनले पराजित गरेको छ । प्रतियोगितामा दोस्रो जित दर्ता गर्दै धनगढीले प्लेअफमा पुग्ने सम्भावना जीवित राख्यो ।

धनगढीले प्रस्तुत गरेको १ सय ६२ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले खराब सुरुवातलाई निरन्तरता दियो । निर्धारित २० ओभरमा बुटवलले ६ विकेट गुमाउँदै १ सय ४१ रनमात्र जोड्न सक्यो । दोस्रो ओभरमा सागर पुनलाई गुमाएको बुटवलले १० औं ओभरमा ४५-४ को स्थितिमा थियो । तेस्रो नम्बरमा आएका चिराग सुरीले अर्धशतक बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । उनले ५४ बलमा नटआउट ७९ रन जोडे । चिरागले १२ चौका र १ छक्का प्रहार गरेका थिए । बुटवलका रोहन मुस्तफा २० रनमा छँदा रनआउट भएका थिए ।

त्यसअघि सागर पनि रनआउट नै भएका थिए । सागर १, भीम अर्की ५ तथा शंकर राना शून्यमा पेभेलियन फर्किए । तल्लोक्रममा सिद्धान्त लोहनी र सोमपाल कामीले १२-१२ रन जोडे ।  टोलीमा पुनरागमन गरेका सागर ढकालले कसिलो बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । ड्यानीएल लरेन्स र कमलसिंह ऐरीले १-१ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रनको योगफल तयार पारेको थियो । खराब सुरुवात गरेको धनगढीका लागि दीपेन्द्रसिंह ऐरी र ड्यानियल लरेन्सले चौथो विकेटको लागि १ सय ८ रनको साझेदारी गरेका थिए । कप्तान दीपेन्द्र रनमा ५६ नटआउट रहे । उनले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । लरेन्स ३९ बलमा ३ चौका र २ छक्कासहित ५२ रन जोडे ।

त्यसअघि पिटर ट्रेगोले १४ जोडेका थिए । ओपनरद्वय सुवेन्दु पाण्डे र दीलिप नाथले समान १०-१० रन जोडे । बुटवलका लागि पोखरेली खेलाडी विपीन खत्रीले २ विकेट लिए । रोहन मुस्ताफा र अविनाश बोहराले १ विकेट लिए ।

यस जितसँगै दुवै टोलीको प्लेअफ सम्भावना जीवित रहेको छ । दुवै टोलीको ४ खेलमा २ जित र २ हारसहित ४ अंक रहेको छ । हालसम्म प्रतियोगितामा सहभागी सबै टोलीको प्लेअफमा पुग्ने सम्भावना जीवित छ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.