7 years ago
November 1, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिगको लिग चरणमा अब ४ खेल बाँकी छन् । शुक्रबार र शनिबार हुने लिगका खेलहरुले प्रतियोगिताको अन्तिम तीन स्थानमा पुग्ने टोलीको छिनोफानो गर्नेछ । शुक्रबारको खेलले केहि हदसम्म टोलीहरुको खाका निस्केपनि प्लेअफ होड अन्तिम दिनसम्म लम्बिने पक्का भएको छ ।

बिहिबार भएको खेलमा अपराजित रहेको काठमाडौं रोयल्स र बुटवल ब्लास्टर्स पराजित हुनुले शीर्षस्थानको होड पनि खुला भएको छ । काठमाडौं रोयल्स चितवन राइनोजसँग १३ रनले पराजित हुँदा धनगढीले बुटवललाई २० रनले पराजित गर्यो । यस नतिजासँगै पाँच टोलीको समान ४ अंक छ भने विराटनगर अंक तालिकाको पुछारमा २ अंक लिएर बसेको छ । ४ खेलमा जम्मा २ अंक हुनाको बाबजुद गणितीय हिसाबमा विराटनगरको सम्भावना भने अझै कायमै छ ।
लिगको शुक्रबार हुने पहिलो खेलमा पोखरा पल्टनले धनगढी ब्लुजको सामना गर्नेछ । दोस्रो खेलमा बुटवल ब्लास्टर्स र काठमाडौं रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । पोखरा र काठमाडौंले १-१ खेल कम खेलेका कारण पराजित भएको खण्डमा शनिबार हुने एक आपसको प्रतिस्पर्धाबाट पनि फाइनल अथवा प्लेअफमा स्थान पक्का गर्ने अवसर पाउनेछन् । यता बुटवल र धनगढी भने पराजित भएको अवस्थामा रनरेटको साहाराले अर्को चरण पुग्नेछन् । यी दुई टोलीले जित हासिल गरेको अवस्थामा पनि अन्तिम दिनको नतिजाले मात्र प्लेअफ अथवा फाइनल पुग्ने छिनोफानो हुनेछ ।

प्लेअफ पुग्न विराटनगरलाई निकै कठिन समीकरण देखिन्छ । विराटनगरले अन्तिम खेलमा चितवनलाई पराजित गरेर मात्र पुग्दैन । अन्य टोलीको नतिजा पनि आफू अनुकुल आउनुपर्ने हुन्छ । विराटनगरको रनरेट पनि निकै कमजोर छ । यसका लागि टोलीले निकै ठुलो अन्तरको जित दर्ता गर्ने र अन्य पराजित हुने टोलीले पनि फराकिलो हार बेहोर्नुपर्ने अवस्था छ । विराटनगर प्लेअफ पुग्न काठमाडौं र पोखराले निकै फराकिलो जित दर्ता गर्नुपर्ने हुन्छ र अन्तिम खेलमा चितवनलाई पनि सोहि अन्तरले पराजित गर्नुपर्ने हुन्छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]