7 years ago
November 2, 2018
पोखरा (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले कसिलो बलिङ गर्दै ४ विकेट लिएपछि घरेलु टोली पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा एक्सपर्ट धनगढी ब्लुजलाई १ सय ४५ रनको विजयी लक्ष्य दिएको छ ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन जोड्यो । धनगढीका लागि कमलले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिए । खराब शुरुवात गरेको पोखराका लागि मध्यक्रममा युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले सर्वाधिक ३१ रनको योगदान दिए । रवि इन्दर सिंह २८ रनमा आउट भए । ओपनर आसिफ शेख २३ रनमा आउट भए । कप्तान शरद भेषवाकर १४ रनमा पेभेलियन फर्किए ।

रोहितकुमार पौडेल
पोखराले ४ रन जोड्दा पहिलो विकेटको रुपमा २ ओभर १ बलमा कुशल भुर्तेललाई ३ रनमा गुमाएको थियो । त्यसपछि ८ ओभर ३ बलमा रवि इन्दर सिंह कमल सिंह ऐरीको बलमा सुवेन्दु पाण्डेबाट क्याच आउट भए । मेहबुब आलम कमल सिंह ऐरीको बलमा बोल्ड आउट भए । आसिफ र रविले दोस्रो विकेटको लागि ४४ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । विनोद भन्डारीले ७ रन जोडे । विक्रम भुषाल र रसिद खान रनमा क्रिजमा रहे । धनगढीका कमल सिंह ऐरीले ४ विकेट लिए । पिटर डेभिड ट्रेगो, ड्यानियल लरेन्स र रोविन क्षेत्रीले समान १ विकेट लिए ।

कमलसिंह ऐरी
धनगढीले केही वेरमा जवाफी ब्याटिङ थाल्नेछ । लिगमा अन्तिम खेल खेलिरहेको धनगढीलाई प्ले अफमा स्थान बनाउन आजको खेल जित्नै पर्नेछ । अन्यथा धनगढीले अन्य खेलको नतिजा कुर्नुपर्ने हुन्छ । लिगमा एक खेल कम खेलेको पोखरा आजको खेलमा जित हात पारे पोखराले प्ले अफलाई थप सहज बनाउनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]