7 years ago
November 2, 2018
पोखरा (हाम्रो खेलकुद) – हुलास काठमाडौं रोयल्सले पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा बुटवल ब्लास्टर्सलाई जितका लागि १ सय ७३ रनको विजयी लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनायो । काठमाडौंका लागि नरेश बुढाएरले ५८ रनको अविजित अर्धशतकीय इनिङ्स खेले । नरेशले २८ बलमा ५ छक्का र ३ चौका हिर्काए । कप्तान ज्ञानेन्द्र मल्ल २४ रनमा रनमा नटआउट रहे । कप्तान मल्लले १३ बलमा २ चौका र १ छक्का हिर्काए ।
ओपनर जयकिसन कोल्सावालाले ४५ रनको योगदान दिए । ३५ बलमा कोल्सावालाले ३ चौका २ छक्का प्रहार गरे । अघिल्ला खेलमा उच्च प्रदर्शन गरेका गौरव तमोर ११ रनमा आउट भए । ओपनर अमित श्रेष्ठ ४ रनमा आउट भए । विपीन खत्रीले २ विकेट लिए । रोहन मुस्ताफा र मोहम्मद संसाद शेखले १ विकेट लिए ।

बुटवलले केहीवेरमा जवाफी ब्याटिङ थाल्नेछ । यस खेलमा जित हात पारे काठमाडौंको प्लेअफ पुग्ने सम्भावना मजबुत हुनेछ । बुटवलको लागि पनि जित दर्ता गर्नुपर्ने बाध्यता रहेको छ । काठमाडौंले लिगको अन्तिम खेलमा शनिबार पोखरा पल्टनसँग खेल्नेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]