7 years ago
November 2, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत शुक्रबारको पहिलो खेलमा एक्स्पर्ट धनगढी ब्लुजले पोखरा पल्टनलाई २ विकेटले हरायो । खेलमा धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरी म्यान अफ द म्याच भए ।

उनले धनगढीको लागि अन्तिम ओभरमा १४ रन आवश्यक पर्दा मेहबुब आलमलाई २ चौका र १ छक्का प्रहार गरे । उनले खेलको सुरुवातदेखि नै जित दिलाउनेमा विश्वस्त रहेको बताए । ‘ अन्तिम ओभरमा १४ रन आवश्यक थियो । छोटो बाउन्ड्रीतर्फ सट प्रहार गर्ने योजना सफल भयो । सुरुवातदेखि नै जित दिलाउनेमा विश्वस्त थिएँ । मध्यक्रममा छिटो छिटो विकेट खस्दा केहि दबाब थियो,’ उनले भने ।
‘इनिङमा साथ दिएका रोबिनलाई म स्ट्राइक राखेर सट हान्छु भनेको थिए । अन्तिम दुई ओभर केहि कठिन भएको थियो ,’ दीपेन्द्रले थपे । दीपेन्द्रले ४ विकेट लिएका कमलसिंह ऐरीले राम्रो खेलेको र उनीमाथि सुरुवातदेखि नै विश्वास रहेको पनि बताए । अर्को चरण पुग्नेमा भने अब अन्य खेलको नतिजाले पनि असर पर्ने हुनाले आफ्नो हातमा नभएको बताए ।

पराजित टोलीका कप्तान शरद भेषवकारले भने प्रदर्शन राम्रो हुँदाहुँदै पनि जित दर्ता गर्न नसकेको बताए । ‘ अन्तिम दुई ओभरमा प्रदर्शन राम्रो नहुँदा खेल गुमाउनु पुग्यौं । दीपेन्द्रले राम्रो ब्याटिङ गर्दै टोलीलाई जितसम्म डोर्याए,’ उनले भने । शरदले चोटका कारण आफूले बलिङ गर्न नसकेकोले पनि घाटा भएको बताए । ‘मेरो औंलामा चोट लागेका कारण बलिङमा केही समस्या देखिएको हो । सबैले आफ्नो ठाउँबाट राम्रो खेल्ने प्रयास गरिरहेका छन् । म आशावादी छु । भोलि अझै एक खेल बाँकी रहेको टिमले पुनरागमन गर्नेछ,’ कप्तान भेषावकरले थपे ।
शरदले राशिद खानको प्रदर्शनको पनि खुलेर प्रशंसा गरे । ‘ राशिदले राम्रो खेलिरहेका छन् । भोलि सबैको लागि ‘गर या मर’ को अवस्था छ । खेल झन रोमाञ्चक बन्दै गएको छ । रन रेट राम्रो रहेकोले पनि अर्को चरणमा पुग्ने सम्भावना बलियो छ,’ उनले थपे । पोखराले लिगको अन्तिम खेलमा शनिबार काठमाडौं रोयल्सको सामना गर्नेछ ।
अन्तर्वार्ता भिडियो:
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]