default_image

6 years ago

January 18, 2019

परिचय सिद्ध गर्न संघर्षरत सिद्धान्त !

71 views

0 Bookmark

जब जब नेपाली क्रिकेटमा सिद्धान्त लोहनीको नाम आउँछ, त्यससँगै सबैको मानसपटलमा त्यहि हेलिकप्टर सट चल्छ । सिद्धान्तको पर्याय नै बनेको हेलिकप्टर सट उनले नेपाली राष्ट्रिय टोलीबाट सन् २०१५ आईसीसी टि–२० विश्वकप छनोट डेब्यूमै जर्सिविरुद्ध प्रहार गरेका थिए । त्यसै सटले उनलाई आम समर्थकमाझ चर्चा दिलायो ।

त्यसबेला २० वर्षीय सिद्धान्तले आक्रामक इनिङ खेल्दै धेरैको मन जितेका थिए । उक्त प्रतियोगिता खेल्नुअघि राष्ट्रिय प्रतियोगितामा १९ बलमा नै अर्धशतक बनाएपछि उनले टोलीमा स्थान बनाएका थिए । उनको प्रदर्शनले नेपाली टोलीले नयाँ फिनिसर पाएको अनुमान लगाइएको थियो । युवा भएकाले उनले अझै सुधार गर्ने धेरैले अपेक्षा गरेका थिए ।

राष्ट्रिय टोलीमा मौका पाएपछि सुखद सुरुवात गरेका सिद्धान्त अहिले राष्ट्रिय टोलीमा छैनन् । यसपटक त प्रारम्भिक चरणमा पनि उनको नाम अटेन । घरेलु क्रिकेटमा सामान्य रन जोड्न संघर्षरत सिद्धान्तको ब्याटबाट ठूलो रन नबनेको लामो समय भएको छ ।

विशेषत: फ्रेन्चाइज लिगमा उनीबाट धेरै अपेक्षा गरिएको थियो । उनीमाथि चर्चा अनुसार टोलीहरुले भाउ पनि लगाउने गरेका छन् । तर प्रदर्शन भने निराशाजनक रहेको छ । केहि महिनाअघि मात्र सम्पन्न एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा त उनले पहिलो रोजाइमा पर्न पनि संघर्ष गर्नुपर्यो । उनले अवसर पाएको अवस्थामा पनि रन बटुल्न नसक्दा अहिले राष्ट्रिय टोलीमा पर्ने सम्भावना निकै कम देखिन्छ ।

विराटनगरबाट क्रिकेट यात्रा थालेका उनले उमेर समुह हुँदै  २०७२ मा राष्ट्रिय टिममा परेका थिए । विश्वकप छनोट अघि एक दिवसिय राष्ट्रिय प्रतियोगितामा १९ बलमै अर्धशतक प्रहार गरेपछि उनलाई सिनियर टोलीमा स्थान बनाउन सहज बनेको थियो । जर्सीविरुद्ध डेब्यू गर्दै १६ बलमा समान २ छक्का र चौका प्रहार गरि २७ रन जोडे । नेपालका लागि उक्त खेलमा सर्वाधिक रन जोड्ने खेलाडी उनी नै थिए । लोहनीले २० औं ओभरको पहिलोे बलमा हवकिंग्स केयलाई हेलिकप्टर शट प्रहार गर्दै छक्का हानेपछि धेरैले उनलाई भारतीय पुर्व कप्तान महेन्द्रसिंह धोनीसँग पनि तुलना गरेका थिए ।

दूर्भाग्य नै भन्नुपर्छ जर्सीसँगको खेलपछि लोहनीले राष्ट्रिय टिममा पुन मौका पाएनन् । केहि अगाडी बन्द प्रशिक्षण हुँदै वैकल्पिक सूचिमा रहँदै आएका सिद्धान्तको नाम अहिले सम्भावित सुचिमा पनि अटाउँदैन । सन् २०१५ विश्वकप छनोटमा खराब प्रर्दशनका कारण त्यसयता नेपालले तीन वर्षसम्म कुनै अन्तर्राष्ट्रिय टी–२० खेल खेल्न पाएन । गत जुलाईमा नेदरल्यान्ड र एमसीसीसँग लर्ड्समा टी–२० खेल्दै नेपालले अन्तर्राष्ट्रिय टी-२० मा पुनरागमन गरेको थियो ।

खेलाडी लयमा रहेको बेलामा मौका पाउँदा प्रदर्शन पनि राम्रो हुन्छ । निरन्तर राम्रो प्रदर्शन गरेपछि टोलीमा स्थान बलियो हुन्छ र प्रदर्शनमा पनि सुधार हुन्छ । त्यसको प्रत्यक्ष फाइदा समग्र टोली र स्वयं उक्त खेलाडीलाई हुन्छ । तर लयमा रहँदा मौका नपाउने अथवा खेल नै नहुँदा मनोबल कमजोर हुँदै जान्छ र लामो समयपछि सोहि किसिमको प्रदर्शन गर्न कठिन हुन्छ । यसले टोलीमा नियमित परिवर्तन गर्नुपर्ने अवस्था आउँछ र खेलाडी तथा टोली दुवैले असर पर्छ ।

फिनिसरको भूमिकामा राष्ट्रिय टोलीमा दावेदारी प्रस्तुत गरेका सिद्धान्त उल्लेखि समस्याका ज्वलन्त उदाहरण हुन् । पछिल्लो समय घरेलु क्रिकेटमा लोहनीले आफ्नो लय गुमाएका छन् । तर उनी आफैं भने यो मान्न तयार छैनन् । उनी लामो इनिङ खेल्न नपाएको कारण आफ्नो प्रतिभा देखाउन नपाएको गुनासो पोख्छन् । ‘ अन्तिम दुई तीन ओभरमा आएर हरेक बल प्रहार गर्नुपर्ने हुन्छ । सबै बल हान्न सक्ने पनि हुँदैन । जसको कारण मैले विकेट गुमाइरहेको छु । म लयमा नभएको होइन । मैले लामो इनिङ खेल्न नपाएको हो, ‘ सिद्धान्त बताउँछन् ।

पछिल्लो समय घरेलु लिगमा उनको प्रर्दशनबाट भने सिद्धान्त आफैं पनि खुसी छैनन् । ‘हो, पछिलो समय मैले सोचेअनुसार प्रर्दशन गर्न सकिरहेको छैन । म राम्रो गर्न खोजिरहेको छु । तर पनि रन बनिरहेको छैन, ‘ लोहनीले भने ।

टी२० मा फिनिसरको संभावना

टी–२० क्रिकेटमा फिनिसिङमा ठूलो महत्त्व हुन्छ । एकै ओभरमा खेलको रुप परिवर्तन हुन सक्छ । नेपाली क्रिकेटले लामो समयदेखि ब्याटिङको समस्या झेल्दै आएको छ । विशेषत: ओपनिङ र फिनिसिङको समस्याले नेपाली टोलीले नतिजा हात पार्न सकेको छैन । वर्तमान अवस्थामा पनि नेपाली टोली राम्रो फिनिसर र ओपनर जोडीको खोजीमा छ । यसका लागि विभिन्न विकल्पहरु लिएर प्रयोग गर्ने क्रम रोकिएको छैन ।

पछिल्लो समय फिनिसरको भूमिकामा दावेदार देखिएका विनोद भण्डारीको प्रर्दशन राम्रो हुन सकेको छैन । खराब लयकै कारण उनले एमसीसी र नेदरल्यान्डसँगको टी–२० सिरीजमा स्थान बनाउन सकेनन् । यूएईविरुद्ध अर्को सातादेखि सुरु हुने सिरिजका लागि युवा खेलाडीलाई प्रयोग गर्न खोजिएको छ । फ्रेन्चाइज लिगहरुमा सम्भावना देखाएका भीम सार्की, सन्दीप जोरा र कुशल मल्ल टोलीमा छन् । पवन सर्राफ र विनोद भण्डारी पनि त्यो भूमिकाको लागि दावेदारी दिन सक्छन् । तर यी सबै प्रयोग हुन् । अवसर पाएको खण्डमा उनीहरुले गर्ने प्रदर्शनले नै कसले बाजी मार्च भन्ने निर्क्यौल हुन्छ ।

सिद्धान्त आफैं पनि छिट्टै राष्ट्रिय टोलीमा फर्कने प्रयासमा रहेको बताउँछन् । फिनिसिरको रुपमा लोहनी टोलीमा स्थान बनाउन चाहन्छन् । उनले टी–२० भन्दापनि वान-डे मा अझै राम्रो प्रर्दशन गर्न सक्ने बताउँछन् । सिद्धान्तले राष्ट्रिय टोलीमा पुनरागमन गर्ने आधार बनाउनकै लागि विभागीय टोली नेपाल पुलिस क्लब छाडेर प्रदेश १ बाट खेल्ने निर्णय गरेका छन् ।

‘ मैले विगतमा यु–१९, राष्ट्रिय एकदिवसिय प्रतियोगिता, प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेको थिएँ । टी–२० मात्र होइन वान डे मा पनि म राम्रो गर्न सक्छु । अझै राम्रो गर्न खोजि रहेको छु । त्यसैले म अहिले पुलिस छाडेर प्रदेश १ बाट एक दिवसिय खेल खेली रहेको छु,’ उनले थपे, ‘पुलिसबाट खेल्दा म राष्ट्रिय खेलाडीको छाँयामा परे । ८,९ नम्बरमा आएर ठूलो स्कोर बनाउन सकिदैन । त्यसैले पुलिस छाडेर प्रदेशका लागि खेल्ने निर्णय लिएको हुँ ।’

लोहनीलाई राष्ट्रिय टिममा स्थान बनाउन सहज अवस्था भने छैन । पछिल्लो समय उमेर समुह र घरेलु लिगमा सिद्धान्त भन्दा कम उमेरका सन्दीप जोरा, भिम सार्की, रोहितकुमार पौडेल, कुशल मल्लजस्ता ठूलो सम्भावना र राम्रो छाप छोडेका छन् । रोहितले राष्ट्रिय टिमबाट प्रतिनिधित्व गर्दै नेपाललाई वान डे मान्यता दिलाउन महत्वपूर्ण प्रर्दशन गरेका थिए । सिद्धान्तले लगातर खराब प्रर्दशन गर्दा उमेर समूह तथा घरेलु लिगमा शानदार प्रर्दशन गरिरहेका युवा खेलाडीले राष्ट्रिय टोलीमा दावेदारी प्रस्तुत गरिरहेका छन् ।

जनवरी २५ देखी नेपालले युएईसँग समान तीन ओडीआई र टी–२० सिरीज खेल्दै छ । यसअघि बन्द प्रशिक्षणको वैकल्पिक सुचिमा रहेका लोहनी यस पटक प्रारम्भिक सुचिमा नपरेकोमा आश्चर्यव्यक्त गरे । ‘मिहिनेत गरिरहेको छु । राम्रो प्रर्दशन गर्न खोजिरहेको छु तर पनि सोचे जस्तो प्रर्दशन हुन सकेको छैन । म व्यक्तिगत अभ्यासको लागि दिल्ली पनि गएको थिए । तर बिरामी भएर २५ दिनमै फर्किए,’ उनले भने, ‘मेरो अभ्यास अझै पुगेको छैन कि जस्तो पनि लाग्छ । २४ वर्ष लागिसकें, अब पनि राष्ट्रिय टिममा स्थान बनाउन सकींन भने जुन समय राम्रो गर्नु पर्ने हो त्यो पाउदैन भन्ने चिन्ता छ,’ लोहनीले भने ।

Siddhant Lohani

सिद्धान्तमा प्रतिभा देखेर तत्कालिन प्रशिक्षक पुबुदु दसानिकेले सन् २०१५ मा जर्सिविरुद्ध डेब्यु गराएका थिए । जुन विश्वासमा उनी खरो उत्रिए । निकै दबाबको खेलमा उनले आफूलाई प्रमाणित पनि गरे । अब उनले फेरी एकपटक राष्ट्रिय टोलीको जर्सी लगाउने हो भने आफ्नो स्तर सिद्ध पार्नुपर्ने छ । सिद्धान्तको स्तरमा कुनै प्रश्न छैन, पछिल्लो समय उनले प्रदर्शन गर्न नसक्दा राष्ट्रिय टोलीमा पर्न नसकेका हुन् ।

सिद्धान्तको लागि अब टोलीमा फर्कने आधार घरेलु क्रिकेट नै हो । फ्रेन्चाइज लिगमा राम्रो छाप बसाउन सके उनले राष्ट्र्रिया टोलीमा पुनरागमन गर्ने सम्भावना रहन्छ । अबको तीन सातामा तेस्रो रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल-३) सुरु हुँदैछ । उक्त प्रतियोगितामा सिद्धान्तले महेन्द्रनगर युनाइटेडको जर्सी लगाउनेछन् । शरद भेषावकरको कप्तानीमा युवा खेलाडीले राम्रो छाप बसाउँदै आएका छन् । सिद्धान्तको लागि यो राम्रो अवसर हुनेछ ।

नेपाली टोली आगामी ४ वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त रहनेछ । यस्तो अवस्थामा सिद्धान्तले अब आउने डीपीएलमा राम्रो प्रदर्शन गर्न थप जरुरि छ। यूएईविरद्ध सिरिजमा गरिने प्रयोग सफल भएको खण्डमा सिद्धान्तले डीपीएलमा राम्रो प्रदर्शन गरेपनि उनले मौका नपाउने स्थिति हुन सक्छ । यद्यपी आफ्नो स्तरअनुसार प्रदर्शन गर्ने हो भने राष्ट्रिय टोलीमा उनको लागि अवसर भने अझै पनि खुला नै देखिन्छ ।

October 23, 2024

विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आयोजना हुने महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको लागि नेपाली युवा टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार पुजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानले एसिया छनोटका लागि भदौ २६ गते २९ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा डाकेको थियो । छनोट प्रतियोगिता कात्तिक […]

October 23, 2024

जिम्बाब्वेले तोड्यो नेपालको कीर्तिमान

काठमाडौं(हाम्रो खेलकुद) – जिम्बाब्वेले टि ट्वान्टी आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोडेको छ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप अफ्रिका उप क्षेत्रिय छनोटमा गाम्बियाविरुद्ध ३ सय ४४ रनको योगफल तयार गर्दै नेपालको कीर्तिमान तोडेको हो । नेपालले यसअघि टि ट्वान्टी आईमा एकै इनिङमा ३ सय १४ रन बनाउदै सर्वाधिक योगफलको कीर्तिमान बनाएको थियो । […]

October 23, 2024

कुशलको ब्याटिङ वरियतामा सुधार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा व्यापक सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा कुशलको स्थानमा ३१ स्थानमाथि उक्लेका छन् । नयाँ वरियतामा कुशल ९९ औं स्थानमा छन् । सोमवार अमेरिकासँगको ३ वटा टि ट्वान्टी आई सिरिज नेपालले क्लिन स्विप […]

Success

Thank you for your time.