7 years ago
January 18, 2019
ढाका (एजेन्सी) – बंगलादेश प्रिमियर लिगमा (बिपिएल) मा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बलियो टिम ढाका डायनामाइट्सविरुद्ध मध्यम बलिङ गरेका छन् ।

सन्दीपले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । सन्दीपलाई कप्तान डेविड वार्नरले ५ औं ओभरमा बलिङ गर्न ल्याएका थिए । सन्दीपले ५ औं ओभरको तेस्रो बलमा रोनी तालुकदारलाई १३ रनमा बोल्ड गर्दिए । पहिलो ओभरमा ३ रन मात्र खर्चिए । सन्दीपले ८ औं ओभरमा ८ रन खर्चिन पुगे । १२ औं ओभरमा भने महँगो सावित भए ।
पहिलो,दोस्रो र चौथो बलमा कप्तान सकिव अल हसनले चौका प्रहार गरेपछि यस ओभरमा १२ रन खर्चे । सन्दीपले अन्य तीन बल भने डट गराएका थिए । १४ औं ओभरमा सन्दीपले ४ रन खर्चिदै आफ्नो बलिङको कोटा सकाए ।
त्यस अघि टस जितेर पहिला ब्याटिङ गरेको सिक्सर्सले कप्तान डेविड वार्नरको ६३ रनको सहयोगमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो ।
ढाकाले यो समचार तयार पार्न सम्म १५ ओभरमा ४ विकेट गुमाएर १ सय ३५ रन जोडेको छ ।
सन्दीप कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै २ विकेट लिएका थिए । दोस्रो खेलमा चितगोंग भाइकिंग्स र तेस्रो खेलमा ढाका डायनामाइट्सविरुद्ध बिकेट लिन सकेनन् । कोमिल्लासँग चौथो खेलमा भने सन्दीप बेन्चमा बसे ।
पाँचौ खेलमा रंगपुर राइडर्सवरुद १ विकेट लिए । सन्दीप २३ जनवरी सम्म बंगलादेश प्रिमियर लिग खेल्ने छन् । नेपाल र युएईबीच २५ जवनरी सुरु हुने तीन ओडीआई समान अन्तर्राष्टिय टी–२० सिरीजको लागि उतैबाट दुबई जाने छन् ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]