default_image

7 years ago

January 19, 2019

नेपाली महिला क्रिकेट – पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने अवसर

381 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको १२ वर्ष पुग्दासम्म नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अहिले सम्म सिनियर स्तरमा अन्तर्राष्ट्रिय उपाधि जित्नसकेको छैन । सन् २००७ मा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । दशक भन्दा लामो यात्रा तय गरेको नेपाली महिला टोली यसपटक उपाधिको निकट पुगेको छ ।

थाइल्याण्डमा जारी महिला टि ट्वान्टी स्मास क्रिकेट प्रतियोगिता नेपाली टोली ऐतिहासिक उपाधि नजिक पुगेको हो । जारी प्रतियोगितामा नेपाली टोलीले उच्च प्रदर्शन गरेको छ । समूह चरणका ४ खेलमा अपराजित रहेको नेपाली टोलीले सेमिफाइनलमा इन्डोनेसियालाई सहजै हराएको थियो ।

नेपालले उपाधिको लागि शनिबार घरेलु टोली थाइल्यान्डको सामना गर्ने छ । थाइल्यान्डलाई पाखा लगाउन सके अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको १२ वर्षपछि नेपालले उपाधि जित्नेछ । यहि सपनाका साथ नेपाली टोली शनिबार तेर्थई क्रिकेट मैदान उत्रने छ ।

शुक्रबार नेपालले इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम दुईको यात्रा तय गरेको थियो । थाइल्यान्डले यूएईलाई ४९ रनले हराउदै नेपालसँगको भेट पक्का गरेको थियो ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.