default_image

7 years ago

January 18, 2019

सन्दीपको टिम सिक्सर्समाथि ढाकाको सहज जित

134 views

0 Bookmark

ढाका (एजेन्सी)– कप्तान सकिव अल हसन र आन्द्रे रसेलले उत्कृष्ट ब्याटिङ गरेपछि बंगलादेश प्रिमियर लिगमा (बिपिएल) को १९ औं खेलमा सन्दीप लामाछिनेको टिम सिल्हेट सिक्सर्स ढाका डायनामाइट्ससँग ६ विकेटले पराजित भएको छ ।

१ सय ५९ रनको लक्ष्य पछ्याएको ढाकाले १७ ओभरमा ४ विकेटको क्षतिमा १ सय ६३ रन बनाउँदै सहजै पुरा गर्यो । ढाकाको सहज जितमा कप्तान सकिव अल हसनले ४१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६१ रनमा नट आउट रहे ।

त्यस्तै आन्द्रे रसेलले आक्रमक ब्याटिङ गर्दै २१ बलमान ४ छक्का र २ छौका प्रहार गर्दै ४० रनमा अविजित रहे । सुनिल नारायण २०,रोनी तालुकदार १३ र डार्विश रसोलीले १९ रनको योगदान दिए ।

सिक्सर्सका लागि सन्दीपले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । त्यस्तै मोहम्मद इरफान २ र तस्कीन अहमदले १ विकेट लिएपनि जितको लागि प्रयाप्त रहेन ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.