default_image

7 years ago

January 19, 2019

फाइनलमा नेपाललाई १ सय २२ रनको लक्ष्य

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्याण्डमा जारी महिला टि ट्वान्टी स्मास क्रिकेट प्रतियोगिताको फाइनल खेलमा घरेलु टोली थाइल्यान्डले नेपाललाई १ सय २२ रनको लक्ष्य दिएको छ ।

शनिबार तेर्थई क्रिकेट मैदान टस हारेर पहिला ब्याटिङ थालेको थाईल्यान्डले निर्धारित २० ओभरमा १ विकेटको क्षतिमा १ सय २१ रन बनायो । ओपनर नात्थकन चान्थम र नरुइमोल चवाईले पहिलो विकेटका लागि १७ ओभर भित्र ९४ रनको साझेदारी गरेपछि थाइल्यान्डले बलियो योगफल तयार पारेको हो ।

बलियो स्थितीमा पुर्याउन उत्कृष्ट अर्धशतक प्रहार गरेकी चान्थमले ६७ बलमा ४ चौका प्रहार गर्दै ६९ रनमा नट आउट रहिन् । त्यस्तै चवाईले ४२ बलमा २७ रन जोडिन् । चवाईलाई कप्तान रुविना क्षेत्रीले रन आउट गरेकी थिन् । चानिदा सुथिरन्गु १९ रनमा नट आउट रहिन् । नेपालले ७ जना बलर प्रयोग गरेपनि कुनैपनि बलरले विकेट लिन सकेनन् । एक मात्र विकेट रन आउटको रुपमा पाएको थियो ।

थाइल्यान्डले प्रस्तुत गरेको लक्ष्य नेपालले पक्ष्याउन सके पहिलो पटक सिनियर महिला टिमले अन्तर्राष्ट्रिय उपाधि हात पार्ने छ । शुक्रबार नेपालले इन्डोनेसियालाई ९२ तथा थाइल्यान्डले यूएईलाई ४९ रनले हराउदै फाइनल यात्रा पक्का गरेका थिए ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.