7 years ago
January 19, 2019
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्याण्डमा जारी महिला टि ट्वान्टी स्मास क्रिकेट प्रतियोगिताको फाइनल खेलमा घरेलु टोली थाइल्यान्डसँग नेपाल ७० रनले पराजित भएको छ ।

योसँगै नेपाललेले उप विजेतामा चित्त बुझाएको छ । १ सय २२ रनको लक्ष्य पक्ष्याएको नेपाल १७.२ ओभरमा सबै विकेट गुमाएर ५१ रनमा समेटियो ।
नेपालका लागि नेरी थापाले सर्वाधिक १७ रन जोड्न सकिन ।नेपालका अन्य सिता राना मगर १३,सरिता मगर ५,रोमा थापा २,कप्तान रुविना क्षेत्री(वेलवासे) ५ र करुणा भण्डारी ४ रनमा आउट भए । थाइल्यान्डका सुल्ली पोरन लोमीले सर्वाधिम ३ विकेट लिदा तिप्पोचले २ विकेट लिइन् ।
त्यस अघि तेर्थई क्रिकेट मैदान टस हारेर ब्याटिङ थालेको थाईल्यान्डले निर्धारित २० ओभरमा १ विकेटको क्षतिमा १ सय २१ रन बनायो ।
ओपनर नात्थकन चान्थम र नरुइमोल चवाईले पहिलो विकेटका लागि १७ ओभर भित्र ९४ रनको साझेदारी गरेपछि थाइल्यान्डले बलियो योगफल तयार पारेको हो उत्कृष्ट अर्धशतक प्रहार गरेकी चान्थमले ६७ बलमा ४ चौका प्रहार गर्दै ६९ रनमा नट आउट रहिन् ।
त्यस्तै चवाईले ४२ बलमा २७ रन जोडिन् । चानिदा सुथिरन्गु १९ रनमा नट आउट रहिन् । नेपालले ७ जना बलर प्रयोग गरेपनि कुनैपनि बलरले विकेट लिन सकेनन् । एक मात्र विकेट रन आउटको रुपमा पाएको थियो ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]