7 years ago
January 19, 2019
सुनसरी (हाम्रो खेलकुद)– नेपाल आर्मीले सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपधि जितेको छ । शनिबार पुलिसलाई ८३ रनले पराजित गर्दै उपाधि उचालेको हो । विजेताले टोली आर्मीले ४ लाख १ हजार नगद पुरस्कार पाएको छ ।

उपविजेता पुलिसले २ लाख १ हजारमा चित्त बुझायो । २ सय ५० रनको लक्ष्य पक्ष्याएको पुलिस ४२.५ ओभरमा अल आउट हुँदै १ सय ६६ रनमा समेटियो । पुलिसका लागि योगेन्द्र सिंह कार्कीले ५१ रन बनाउन बाहेक अन्य कुैन पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
हिमान्शु दत्त २९,अमित श्रेष्ठ २५,प्रेम तामाङ १४,दिपेश श्रेष्ठ १७ र सागर ढकालले १४ रन बनाए । पुलिसलाई सस्तैमा रोक्न आर्मीका आहव आलम र कुशल मल्लले समान तीन विकेट लिए ।
त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४९ रन बनायो । आर्मीका लागि राजेश पुलामी मगरले १ सय २८ बलमा ५ चौकाको सहयोगमा ६९ रन बनाए ।
त्यस्तै कुशल मल्ल ४९,बिनोद भण्डारी २६,रोहित कुमार पौडेल १४, बिक्रम शोव २० र भिम सार्कीले १५ रनको योगदान दिए । पुलिसका लागि दिपेश श्रेष्ठ ३ र राम नरेश गिरीले २ विकेट लिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी दिलिप नाथले चुनिए । नाथले ५१ हजार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट बलर सागर ढकाल र ब्याट्सम्यान भिम सार्की घोषित भए । दुबैले समान २० हजार १ सय नगद पुरस्कार पाए ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]