7 years ago
January 20, 2019
काठमाडौं (हाम्रो खेलकुद)– महिला ट्वान्टी स्मास क्रिकेट प्रतियोगितामा दोस्रो भएको नेपाली महिला टोली आइतबार स्वदेश फर्केका छ ।

सेमिफाइनल सम्म उच्च प्रदर्शन गरेको नेपाली टोली फाइनलमा भने आयोजक थाइल्यान्डसँग पराजित भएको थियो । समूह चरणका सबै चार खेल जितेको नेपाली टोलीले सेमिफाइनलमा इन्डोनेसियालाई सहजै हराएको थियो ।
तर,शनिबार फाइनलमा भने नेपाली टोली थाइल्याथन्डसँग ७० रनले पराजित भएको थियो । १ सय २२ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले १७.२ ओभरमा सबै विकेट गुमाएर मात्र ५१ रन जोड्न सक्यो ।
१२ वर्ष लामो अन्तर्राष्ट्रिय महिला क्रिकेटको यात्रा नेपाल पहिलो उपाधिको नजिक पुगेर चुकेको थियो । नेपालले सन् २००७ बाट अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला सुरु गरेको थियो ।

December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]