7 years ago
January 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीमा धेरै सुधार गर्नुपर्ने टोलीका प्रशिक्षक विनोद दासले बताएका छन् ।

थाइल्यान्डमा शनिबार सम्पन्न टि ट्वान्टी स्मास प्रतियोगिताको फाइनलमा पराजित भएर आइतबार स्वदेश फर्केपछि नेपाली टोलीका पूर्व कप्तान समेत रहेका दासले महिला टोलीमा व्यापक सुधार गर्नुपर्ने बताएका हुन् ।
समूह चरणका सबै चार खेल जितेको नेपाली टोलीले सेमिफाइनलमा इन्डोनेसियालाई सहजै हराएको थियो । तर, फाइनलमा भने नेपाली टोली थाइल्याथन्डसँग ७० रनले पराजित भएको थियो । १ सय २२ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले १७.२ ओभरमा सबै विकेट गुमाएर मात्र ५१ रन जोड्न सक्यो ।
‘मैले एक महिना अघिबाट महिला टोली हेर्ने मौका पाएको थिए । टिममा केही परिवर्तन गर्न सके हुला । तर, सुधार गर्नुपर्ने ठाउ धेरै छ । यही प्रतियोगिताबाट हामीले हाम्रो स्तर पत्ता लगाएका छौं,’ उनले भने, ‘लामो समयपछि मैदान फर्किएको खेलाडीहले आफ्नो ठाउबाट सक्दो खेलेका हुन् । खेलाडीहरुको यत्तिको प्रदर्शनबाट म सन्तुष्ट छु । कमजोरी सुधार गर्नु नै हाम्रो लक्ष्य हो ।’

प्रशिक्षक दासले एक महिनापछि हुने विश्वकप छनोटमा यही कमजोरीलाई सुधार गर्दै तयारी थाल्ने बताए । ‘टी–टवान्टी स्मास हाम्रो कमजोरी पत्ता लगाउने मौका दिएको छ । विश्वकप छनोटको एक महिना समय बाँकी छ । यस बीचमा हामी हाम्रो कमजोरी सुधार गर्दै प्रशिक्षण थाल्नेछौं । कमजोरी सुधार्नु नै हाम्रो लक्ष्य हुनेछ । कमजोरी सुधार गरेर विश्पकप छनोट प्रतियोगिता खेल्नेछौं ।’
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]