7 years ago
January 20, 2019
काठमाडौं (हाम्रो खेलकुद)-– नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासेले थाइल्याण्डमा सम्पन्न महिला टि–ट्वान्टी स्मास प्रतियोगिताबाट धेरै सिक्ने मौका पाएको बताएकी छिन् ।

थाइल्यान्ड उपविजेता बनेर आइतबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा रबिनाले यस्तो बताएका हुन् ।
समूह चरणका सबै चार खेल जितेको नेपाली टोलीले सेमिफाइनलमा इन्डोनेसियालाई सहजै हराएको थियो । तर, फाइनलमा भने नेपाली टोली थाइल्यान्डसँग ७० रनले पराजित भएको थियो । १ सय २२ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले १७.२ ओभरमा सबै विकेट गुमाएर मात्र ५१ रन जोड्न सक्यो ।

‘हामीले पछिल्लो एक महिनाको अवधिमा प्रशिक्षक विनोद दासबाट धेरै कुरा सिक्ने मौका पायौ । थाइल्यान्डमा राम्रो प्रदर्शन भएपनि फाइनलमा चुक्यौं । यो प्रतियोगिताबाट हामीले धेरै कुरा सिक्न पायौ । अब हामी हाम्रो कमजोरी सुधार गर्दै विश्वकप छनोटमा राम्रो प्रदर्शन गर्ने प्रयासमा हुनेछौं,’ कप्तान रुबिनाले भनिन्, ‘समूह चरणमा सहजै जित निकालेपनि फाइनलमा थाइल्यान्ड विरुद्ध मानसिक रुपमा तयार हुन नसक्दा हार बेहो¥यौं । हार र जित आफ्नो ठाउमा रहेपनि हामीले यो प्रतियोगिताबाट अन्य टोलीलाई जाच्दै आफ्नो कमजोरी सुधार्ने मौका पाएका छौं ।’
जति तयारीको अवसर पाएको थियो त्यसका आधारमा खेलाडीले थाइल्यान्डमा उत्कृष्ट प्रदर्शन गरेको रुबिनाले दोहो¥याइन् । फेब्रुअरी १८ बाट थाइल्यान्डमै हुने ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालले चीन, हङकङ, कुवेत, मलेसिया, ९युएई० र थाइल्यान्डसँग राउन्ड रोविन लिगमा प्रतिस्पर्धा गर्नेछ ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]