7 years ago
January 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछाने सोमबार बंगलादेशबाट स्वेदश फर्कने भएका छन् ।

सिल्हेट सिक्सर्सबाट बंगलादेश प्रिमियर लिगमा प्रतिस्पर्धा गरेका सन्दीप संयुक्त अरब एमिरेट्स (यूएई) विरुद्ध जनवरी २५ देखि सुरु हुने तीन एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ३ टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको खेल्न दुबई जान पर्ने भएकोले बिपिएलबीचैमा छाडेर आउन लागेको नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिस्ट रमन शिवाकोटीले जानकारी दिएका छन् ।
नेपाली टोली जनवरी २२ मा दुबई जानेछ । सन्दीप सोमबार दिउँसो १ः२५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुग्ने छन् । सन्दीप बिग ब्यास र बंगलादेश प्रिमियर लिग खेल्न गत डिसेम्बर ९ अस्टे«लिया गएका थिए ।
बिग ब्यासमा मेलवर्न स्टारबाट ४ खेलमा ८ विकेट लिए । बिग ब्यास छाडेर बंगलादेश प्रिमियर लिग खेल्न गएका उनले सिल्हेट सिक्सर्सबाट ६ खेलमा ४ विकेट मात्र लिन सके ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]