7 years ago
January 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको फ्रेन्चाइज टोली धनगढी स्टार्सलाई ग्लोबल कलेज अफ म्यानेजमेन्टले २० लाख रुपैयाँ प्रायोजन गर्ने भएको छ ।

सोमबार राजधानीमा अायोजित कार्यक्रममा स्टार्सका टिम मालिक कृष्ण बोहोरा र ग्लोबल कलेजका प्रमुख कार्यकारी अधिकृत खगेन्द्र अोझाले सम्झौता पत्रमा हस्ताक्षर गरे । एक वर्षे सम्झौता अनुसार कलेजले स्टार्सलाई २० लाख नगद प्रायोजन गर्ने भएको छ । कुल लागतको ४० प्रतिशत रकम रहेको अध्यक्ष कृष्ण बोहोराले बताए ।
कलेजका प्रमुख कार्यकारी अधिकृत अोझाले सामाजिक उत्तरदायित्व अन्तरगतकाे कार्यक्रम मात्र नभएर खेलप्रति लगावका कारण खेलकुदमा लागेको बताए । ‘धेरै पैसा भएर भन्दा पनि प्यासनले खेलमा लागेका हौ अन्यमा भन्दा खेलकुदमा पाेजिटिभ न्युज हुन्छ । धनगढिमै जन्मिएकाे भएर पनि भावनात्मक रुपले खेलसंग जाेडिन पुगेका हौ,’ उनले भने । टोली व्यवस्थापनमा मदत पुग्ने तथा युवा र खेलक्षेत्रमा लाग्न प्रेरणा मिलोस् भन्ने हेतुले यो कदम चालेको उनले बताए ।

टोलीका कप्तान सोमपाल कामीले जित्छौं भन्ने ठोकुवा नगरेपनि मिहिनेत गर्ने बताए । ‘कलेजले विश्वास देखाएकोमा धन्यवाद दिन चाहन्छौं । मनाेरन्जन दिन हाम्रो हरप्रयास हुनेछ,’ उनले थपे, ‘घरेलु मैदानमा नै १० दिन अघि क्याम्प लगाउने । यसपटक पनि ट्रफी जित्ने प्रयास हुनेछ ।’
उनले विदेशी खेलाडीसँग भने छलफल नै भइरहेको जानकारी दिए ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]