7 years ago
January 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टिमका मिडिल अडरका भरपर्दा ब्याट्सम्यान शरद भेषवाकरलाई ‘भिटामिन डी’ को कमि भएको छ ।

शरदले ‘भिटामीन डी’ को कमीकै कारण युएईसँग हुने ३ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय सिरीजको लागि राष्ट्रिय टोलीबाट नाम फिर्ता लिएका छन् । शरदलाई ठिक हुन तीन चार हप्ता लाग्न सक्ने नेपाली क्रिकेट टोलीका म्यानेजर रमन शिवाकोटीले जानकारी दिए ।
यद्यपी शवाकोटीको अनुसार डाक्टरको रिपोर्ट आएपछिमात्र सबै कुरा थाहा हुने छ । युएई टुरकको लागि नेपाली टोलीले आइतबार युवा खेलाडी भिम सार्की, अभिनास बाहोरा, पवन सरार्फ र सन्दीप जोरालाई पहिलो पटक टिममा समेट्दै १६ सदस्य टोली घोषणा गरेको छ । नेपाली टोली मंगलबार दुबईतर्फ लाग्ने छ ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]