काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब एमिरेट्स (यूएई) सँग हुने ३ एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ३ टि ट्वान्टी अन्तर्राष्ट्रिय को नेपाली राष्ट्रिय क्रिकेट टोलीको मंगलबार त्यसतर्फ जाँदैछ ।

युएई भ्रणमका लागि पारस खड्काको कप्तानीमा आइतबार नेपाली टोलीको घोषता भएको थियो । भिम सार्की, पवन सर्राफ, अभिनास बोहोरा र सन्दीप जोरालाई पहिलो पटक राष्ट्रिय टोलीमा समेटिएका छन् ।
घरेलु क्रिकेट तथा उमेर समूहमा उच्च प्रदर्शन गरेका कारण १६ सदस्यीय टोलीमा उनीहरुले पहिलो पटक स्थान पाएका हुन् । अनुभवी शरद भेषवाकरले अस्वस्थताका कारण नाम फिर्ता लिएका थिए । युएई जानका लागि नेपाली टोली युवा स्पिनर सन्दीप लामिछाने सोमबार बंगलादेशबाट स्वदेश फर्केका थिए ।
नेपालले २५ जनवरीदेखि २८ जनवरीसम्म वान डे अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । त्यसपछि जनवरी ३१ देखि फेब्रुअरी ३ सम्मा ३ वटा खेल खेल्नेछ ।
नेपाली टोली – पारस खड्का (कप्तान),अभिनाश बोहोरा,वसन्त रेग्मी,विनोद भण्डारी,दिपेन्द्रसिंह ऐरी,ज्ञानेन्द्र मल्ल,करण केसी,ललित नारायण राजवंशी,आरिफ शेख,पवन सर्राफ,प्रदिप ऐरी,रोहित कुमार पौडेल,सन्दिप लामिछाने, सोमपाल कामी,सन्दिप जोरा,भिम सार्की
नेपाल र युएईबीचको खेल
२५ जनवरी, शुक्रबार – पहिलो ओडीआई
२६ जनवरी, शनिबार – दोस्रो ओडीआई
२८ जनवरी, सोमबार – तेस्रो ओडीआई
३१ जनवरी, बिहीबार – पहिलो टि ट्वान्टी आई
१ फेब्रुअरी, शुक्रबार – दोस्रो टि.ट्वान्टी आई
३ फेब्रुअरी, आइतबार – तेस्रो टि ट्वान्टी