7 years ago
January 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब एमिरेट्स (यूएई) सँग हुने ३ एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ३ टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली दुवई प्रस्थान गरेको छ ।

नेपाली टोली अपराह्न ४:२० मा १६ खेलाडी तथा ५ अफिसियल सहितको टोली दुवईतर्फ लागेको हो । नेपालले २५ जनवरीदेखि २८ जनवरीसम्म वान डे अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । त्यस्तै जनवरी ३१ देखि फेब्रुअरी ३ सम्म ३ टि ट्वान्टी आई खेल्दै यूएई भ्रमण सकाउने छ ।
नेपाली टोलीले सिरीज जित्ने लक्ष्य राखेको छ । नेपालको यो दोस्रो ओडीआई सिरीज हो । यसअघि नेपालले पहिलो ओडीआई नेदरल्यान्डसँग खेल्दै डेब्यू गरेको थियो । दुई खेलको सिरीज १–१ को बराबरीमा सकिएको थियो । यो सिरीजसँगै नेपाल आईसीसीको ओडीवाई वरियतामा समेत नाम आउनेछ । गत मार्च १५ मा ओडीआई मान्यता पाएको नेपालले हालसम्म तीन खेल खेलेको छ । नेपाली क्रिकेट संघ (क्यान) निलम्बनमा रहेको अवस्थामा खेलाडी र प्रशिक्षको पहलमा आईसीसीले नेपाललाई युएईसँग सिरीज खेल्ने व्यवस्था मिलाईदिएको हो ।
नेपाली टोली :
पारस खड्का (कप्तान), अभिनाश बोहोरा, वसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदिप ऐरी, रोहित कुमार पौडेल, सन्दिप लामिछाने, सोमपाल कामी, सन्दिप जोरा, भिम सार्की ।
अफिसियल:
प्रमुख प्रशिक्षक : जगत तमटा
म्यानेजर तथा टेक्निसियल एनालिष्ट रमन शिवाकोटी
ब्याटिङ प्रशिक्षक उमेश पटुवाल
दिनेश भट्ट फिजियो
सुभाष पात्रो ट्रेनर
नेपाल र युएईबीचको खेल तालिका
२५ जनवरी, शुक्रबार – पहिलो ओडीआई
२६ जनवरी, शनिबार – दोस्रो ओडीआई
२८ जनवरी, सोमबार – तेस्रो ओडीआई
३१ जनवरी, बिहीबार – पहिलो टि ट्वान्टी आई
१ फेब्रुअरी, शुक्रबार – दोस्रो टि ट्वान्टी आई
३ फेब्रुअरी, आइतबार – तेस्रो टि ट्वान्टी
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]