7 years ago
January 23, 2019
डर्बन (एजेन्सी) –एन्डिल फेहलुकवेओलेले उत्कृष्ट अलराण्डर प्रर्दशन गरेपछि पाकिस्तानविरुद्धको दोस्रो वान डेमा मंगलबार घरेलु टोली दक्षिण अफ्रिका ५ विकेटले विजयी भएको छ । २ सय ४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४२ ओभरमा ५ विकेटको क्षतिमा २ सय ७ रन जोड्दै सहज जित हासिल गर्यो ।

घरेलु टोलीका लागि रस्सी भान डर दुसेन १ सय २३ बलमा ९ चौका प्रहार गर्दै ८० रनमा अविजित रहे । एन्डिल ८० बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ६९ रनमा अविजित रहे । त्यस्तै डेविड मिलर ३१ रन जोडे । पाकिस्तानका लागि युवा खेलाडी शाहिन शाह अफ्रिदीले ३ र शादव खानले २ विकेट लिए ।
त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको ४५.५ ओभरमा अल आउट हुँदै २ सय ३ रनमा समेटियको थियो । १ सय १२ रन बनाउन ८ विकेट गुमाएको पाकिस्तानका लागि हसन अली र कप्तान सरफराज अमिदले नवौं विकेटका लागि ९० रनको महत्वपूर्ण साझेदारी गर्दै सम्मानजनक लक्ष्य सम्म पुर्याए ।
हसनले ४५ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६९ रन बनाए । त्यस्तै अमिद ४१,शादब खान १८, सोएव मालिक २१,वावर आजम १२ र फकार जमानले २६ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्याले दोहोरो अंकमा रन जोड्न सकेनन् । दक्षिण अफ्रिकाका एन्डिलले ९.५ ओभरमा २ मेडन सहित २२ रन खर्चेर ४ विकेट लिए ।
त्यस्तै तबरेजÞ शम्सीले ३ र कागिसो रबाडाले २ विकेट लिए । यो जितसँग पाँच वान डे को श्रृंखला १–१ को अवस्थामा पुगेको छ । पहिलो खेल पाकिस्तानले ५ विकेटले जितेको थियो । तेस्रो खेल शुक्रबार हुनेछ ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]