default_image

7 years ago

January 23, 2019

नेपाल र युएई सिरीज बीचको विजेतालाई ३ लाख!

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र संयुक्त अरब एमिरेट्स (यूएई) को क्रिकेट टोलीबीच हुने ३ एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) र ३ टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरीजलाई एएनआईबीले प्रयोजन गरेको छ ।

युएई क्रिकेट बोर्डले आफ्नो आधिकारीक ट्विटरमा गरेको पोष्ट अनुसार एएनआईबीसँग सम्झौंता गर्दै सिरीज विजेता टोलीले १० हजार दिर्हाम पाउने छ । आजको अन्तर्राष्ट्रिय मुद्रा मुल्य १ दिर्हामको ३१ रुपैयाँ ४० पैसा छ । जस अनुसार विजेताले नेपाली ३ लाख १४ हजार हुन आउछ । यो सम्झौतापछि सिरिजको नाम एएनआईबी च्यालेन्ज भएको छ ।

एएनआईबी युएई क्रिकेर्ट बोर्डको आधिकारिक बिमा कम्पनी हो । नेपालले २५ जनवरीदेखि २८ जनवरीसम्म वान डे अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । त्यस्तै जनवरी ३१ देखि फेब्रुअरी ३ सम्म ३ टि ट्वान्टी आई खेल्दै यूएई भ्रमण सकाउने छ । नेपाली टोली सिरीजको लागि मंगलबार दुबई पुगि सकेको छ

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.