default_image

7 years ago

January 23, 2019

रुस्लान डीपीएल–३ लाई आइसिसीको मान्यता

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संकरणको रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल) क्रिकेट टी–२० प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)को मान्यता दिएको छ ।

धनगढी क्रिकेट एकेडेमीले बुधबार एक विज्ञप्ति जारी गर्दै आइसीसीले मान्यता दिएको जनाएको हो । देशको क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ तीन वर्षदेखी निलम्बनमा छ ।

यस्तो अवस्थामा निलम्बित देशहरूमा हुने ठूला प्रतियोगिताका लागि आईसीसीबाट स्विकृति लिनुपर्ने प्रावधान छ । आइसिसीले मान्यतासँगै डिपिएल प्रतियोगिताबारे आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई समेत जानकारी गराइसकेको उल्लेख छ ।

आईसीसीको मान्यता पाएसँगै अब सबै खेलाडीले सम्बन्धित राष्ट्रको बोर्डको एनओसी (नो अब्जेक्सन लेटर) पाएपछि डीपीएल खेल्न पाउछन् । दोस्रो संकरणमा २० हजार डलर तिरेर मान्यता पाएको थियो । यस वर्ष रकम खुलाएको छैन । यसै अनुरुप यस अघि एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिगले पनि आईसीसीको मान्यता लिएका थिए ।

डिपिएल आगमी माघ २६ देखी फागुन ११ सम्म धनगढीको फाप्लामा हुँदै छ । डिपिएलमा धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डन्स गरि ६ वटा फ्रेन्चाइजी टोलीले रहेका छन् ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.