10 years ago
April 15, 2016
नयाँ दिल्ली- दिल्ली डेरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार पहिलो जित निकालेको छ । किड्स ११ पन्जाबलाई ८ विकेटले हराउँदै दिल्लीले दुई खेलमा पहिलो जित दर्ता गराएको हो ।
शुक्रबार टस जितेर पन्जाबलाई पहिले ब्याटिड् गर्न दिने दिल्लीको निर्णय सहि रह्यो । अमित मिश्राले ४ विकेट लिएपछि पन्जाब २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । जवाफमा क्विन्टन डी ककको अविजित अर्धशतकको मद्दतमा दिल्लीले १३.३ ओभरमा २ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो ।
डि ककले सन्जु सामसनले दोस्रो विकेटका लागि ९१ रनको साझेदारी गरेपछि दिल्लीले जितको बलियो आधार तयार बनेको थियो । डि ककले ४२ बलमा ९ चौका र १ छक्काको मद्दतमा अविजित ५९ रन बनाएको थिए । सामसनले ३२ बलमा ३ चौका र १ छक्कासहित ३३ रन बनाएका । पवन नेगीले अविजित ८ रन जोडे । पन्जाबका सन्दीप शर्मा र अक्षर पटेलले समान १ विकेट लिए ।
त्यसअघि पन्जाबका लागि मनन भोराबाहेकका खेलाडीले ठूलो स्कोर जोड्न सकेनन् । भोराले २५ बलमा ५ चौकाका साथ ३२ रन जोडठे । प्रदीप साहुले १२ बलमा १८, मोहित शर्माले ८ बलमा १५ , शन मार्सले १३ र अक्षरले ११ रन बनाए । अरु कुनै खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।
दिल्लीका लागि मिश्राबाहेक जाहिर खान, क्रिस मोरिस र जयन्त यादवले समान १ विकेट लिए ।
गुजराज ४ अंकका साथ शीर्षस्थामा छ भने बंैगलोर, कोलकाता, पुने, दिल्ली र मुम्बईको समान २ अंक छ । ८ टोली मध्ये पन्जाब र हैदरबाद अंकविहिन छ । आइपिएलमा शनिबार दुई खेल हुनेछन् । हैदबाद र कोलकाताबीच हैदराबादमा तथा मुम्बईले घरेलु मैदानमा गुजरातको सामना गर्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]