10 years ago
August 30, 2015
काठमाडौं/ एसिसि यू–१९ प्रिमियरका लागि मलेसियामा रहेको नेपालले सोमबार प्रतियोगितामा आफ्नो तेस्रो खेल आयोजक मलेसिया विरुद्ध खेल्दै छ । दुई खेलमा एक जित र एक हारका साथमा प्रतियोगिताको तेस्रो स्थानमा रहेको नेपालका लागि मलेसिया विरुद्धको खेल निकै महत्वपुर्ण हुने छ ।
प्रतियोगितामा आयोजक मलेसियाले दुई मध्ये दुबै खेलमा जित निकाल्दै अफगानिस्तान समान ४ अंकका साथ तालीकाको दोस्रो स्थानमा रहको छ । यद्धपि अफगानिस्तान नेपालमाथीको प्रभावसाली जितपछि नेट रनरेटमा मलेसिया भन्दा अगाडि रहेकाले शिर्ष स्थानमा रहेको छ ।
मलेसियाले प्रतियोगितामा तुलनात्मक रुपमा कमजोर मानिएका साउदी अरेविया र कुवेतलाई फराकिलो अन्तरले पराजित गरेका कारण उच्च मनोवलका साथमा नेपाल विरुद्ध मैदानमा उत्रंदै छ । यस्तोमा शिर्ष ३ मा रहंदै उपाधि सम्मको यात्रा तय गर्नका लागि पनि मलेसियालाई हराउनु पर्ने चुनौति हुने छ ।
नेपालले आफ्नो पहिलो खेलमा युएइलाई पराजित गरेपनि दोस्रो खेलमा अफगानिस्तानसंग फराकिाले हार ब्योहोर्यो । प्रतियोगिताको उपाधि दाबेदार अफगानिस्तानले नेपाललाई १० विकेटले पराजित गरेपछि नेपाल आफुलाई प्रतियोगिताको दाबेदारका रुपमा स्थापित गराउनपनि मलेसियालाई पराजित गर्नु पर्ने अवस्थामा हुने छ । मलेसिया पछि नेपालले प्रतियोगितामा साउदी कुवेत र अरेवियाको सामना गर्ने छ ।
प्रतियोगितालाई युवा विश्वकप छनोटको आधारका रुपमा हेरीएको छ । जारी प्रतियोगिताको शिर्ष ३ स्थानमा रहने टिमले १४ देखि २३ अक्टोबरसम्म मलेसियामानै हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]