default_image

7 years ago

January 24, 2019

रुस्लान डीपीएलमा छक्का क्याच गर्ने दर्शकलाई १० हजार

97 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– तेस्रो संकरणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट टि ट्वान्टी प्रतियोगितामा प्रत्येक खेलको पहिलो छक्का क्याच गर्ने दर्शकले १० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

क्याच एक–दुई हात दुबैको मान्य हुने आयोजक जनाएको छ । जसको प्रायोजन अजोड इन्सुरेन्स लिमिटेडले गरेको छ । बिहीबार आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) र अजोडकाबीच सम्झौता भएको छ ।

सम्झौंता अनुसार अजोड इन्सुरेन्स डीपीएलको अफिसियल इन्सुरेन्स पार्टनर समेत बनेको छ । सम्झौतामा डिसिएका अध्यक्ष सुवाश शाही र अजोडका प्रमुख कार्यकारी अधिकृतले कुमारबहादुर खत्रीले हस्ताक्षर गरे ।

सम्झौता अनुसार अजोडले प्रतियोगिताका खेलाडी, दर्शक तथा अफिसियलहरुको पनि बिमा गर्नेछ । डिपिएल आगमी माघ २६ देखी फागुन ११ सम्म धनगढीको फाप्लामा हुँदै छ ।डिपिएलमा धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डन्स गरि ६ वटा फ्रेन्चाइजी टोलीले रहेका छन् ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.