default_image

7 years ago

January 24, 2019

नेपाललाई घातक सावित हुन सक्ने यूएईका यी ४ खेलाडी

130 views

0 Bookmark

दुवई (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार पहिलो खेल खेल्दै यूएईसँगको तीन ओडीआई सिरीजको सुरुवात गर्ने छ । खेल नेपाली समयअनुसार मध्यान्ह ११ः१५ देखी आईसीसी ओभल क्रिकेट एकेडेमी दुवईमा चल्नेछ ।

नेपाल आफ्नो दोस्रो ओडीआई सिरीज हो । यस अघि नेपालले गत अगस्टमा नेदरल्यान्डसँग पहिलो ओडीआई श्रृंखला खेलेको थियो । उक्त श्रृंखला १–१ को बराबरीमा सकिएको थियो । दोस्रो ओडीआई श्रृंखलामा नै नेपालको लक्ष्य पहिलो सिरीज जित्ने हुने छ । युवा खेलाडीले भरिएको नेपाल उच्च मनोबलका साथ सिरीज जित्ने लक्ष्य सहित यूएई निस्केको छ ।

यता आफ्ना प्रमुख ३ खेलाडी रोहन मुस्तफा, अहमद राजा र रमीज शहजाद प्रतिबन्धको कारण टिममा नहुँदा यूएई केहि दबाबमा रहनेछ । यद्यपी यूएई टोलीमा केहि यस्ता खेलाडी छन्, जसले नेपालसँगको खेलमा ठूलो प्रभाव पार्दै सिरीज घरेलु मैदानमा रक्षा गर्न सक्छन् । पहिलो ओडीआई सिरीज जित्ने नेपालको लक्ष्यमा यूएईका यी चार खेलाडी बाधक बन्न सक्छन् ।

शाइमन अनवर
३९ वर्षिय अनवर यूएईका सर्वाधिक भरपर्दा र अनुभवी ब्याट्सम्यान हुन् । उनले ब्याटिङको साथै पार्टटार्इम बलिङ पनि गर्ने गर्दछन् । अनवरले ३३ ओडीआई खेलमा ३१.५३ को औसतमा १ शतक ९ अर्ध शतक सहित कुल १ हजार ९ रन बनाएका छन् । उनको सर्वाधिक स्कोर १ सय ६ रन छ । मिडिल अडरका भरपर्दा अनवार दबाबमा पनि रन जोड्न सिपालु छन् ।

नेपालसँग वान डे खेलमा गत अगस्टमा ३ रनमा आउट भएका उनले गत वर्ष डिभिजन टु को फाइनलमा ४० रन जोडेका थिए । मध्यक्रममा अनवर क्रिजमा टिकीरहे यूएईलाई ठूलो स्कोर सम्म पुर्याउन सक्छन् । त्यसैले नेपाली बलरले अनवरलाई चाँडैनै पेभिलिएनको बाटो देखाउनु पर्छ । लामो समय सम्म क्रिजमा टिक्नु नेपालका लागि घातक सावित हुन सक्छ ।

मोहम्मद नाविद
३१ वर्षिय तीव्र गतिका बलिङ अलराउण्डर नाविद यस सिरिजका लागि यूएईका कप्तान हुन् । उनले हालसम्म ३२ ओडीआईको अनुभव बटुलिसकेका छन् । नाविदले बलिङ मात्र होइन तल्लो क्रममा ठूलो शट प्रहार गर्न पनि माहिर छन् । उनले ५.६१ को इकोनमीमा रन खर्चेर कुल ४५ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रर्दशन ५-२८ को रहेको छ ।

त्यस्तै उनले २८ ओडीआईमा १ सय १० भन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ गर्दै ९ पटक नट रहँदा कुल ३ सय ३९ रन जोडेका छन् । जस्मा ३८ चौका र १६ छक्का सामेल छ । एसिया कप क्वालिफायरमा नेपाललाई ७८ रनले पराजित गर्दा उनले ३ विकेट लिएका थिए । ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेलको विकेट सामेल थियो ।

त्यति मात्र होइन नाविद नेपाली खेलाडीसँग राम्रोसँग परिचित छन् । एक महिना अघि काठमाडौंमा सम्पन्न एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्ल्याडीयर्टसको जर्सी लाउँदै सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । उनले ६ खेलमा १२ विकेट लिए । गत कात्तिकमा पोखरा प्रिमियर लिगमा पोखरामा पल्टनलाई उपाधि दिलाउने क्रममा उनले ५ खेलमा ७ विकेट लिएका थिए । नाविदमाथि यूएई टिमको पनि ठूलो विश्वास छ ।

अशफाक अहमद
अहमद यूएईका भरपर्दा ओपनर हुन् । ९ ओडीआईको अनुभव बटुलेका उनले ३३.३३ को औसतमा कुल ३ सय रन बनाएका छन् । उत्कृष्ट प्रर्दशन ९२ रन छ । डिभिजन टु को फाइनल खेलमा नेपाललाई पराजित गर्दा शतक प्रहार गरेका थिए । यूएईलाई च्याम्पियन बनाउन १ सय १४ रनको पाली खेले ।

त्यस्तै एसिया कप छनोटमा पनि ४५ रन जोड्दै सुरुवाती समय नेपाली बलरलाई दबाबमा राखे । अहमद लामो समय क्रिजमा टिक्नु नेपाली बलरलाई टाउको दुखाईको विषय हुन सक्छ । त्यसैले यीनलाई पनि चाँडैनै पेभिलिएनको बाटो देखाउनु पर्छ ।

जाहूर खान
२९ वर्षिय तीव्र गतिका बलर खान यूएईका प्रमुख बलर हुन् । मात्र ११ ओडीआई खेलमा ५.८६ को इकोनमिमा रन खर्चेर २४ विकेट लिएका छन् । जस्मा उत्कृष्ट प्रर्दशन ६ विकेट लिँदा मात्र ३४ रन खर्चेका छन् । उनले डेथ ओभरमा निकै किफायतीसँगै घातक बलिङ गर्न सक्छन् ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.