default_image

7 years ago

January 25, 2019

नेपाल विरूद्ध यूएई – (सम्पूर्ण जानकारी)

149 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपाल र यूएईबीचको पहिलो ओडीआई खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ११: १५ बजे आईसीसी एकेडेमी ओभल ग्राउण्ड दुबई सुरु हुनेछ ।

गत वर्ष मार्चमा विश्वकप छनोटमा ८ औं स्थानमा रहेर चार वर्षको लागि वान डे मान्यता पाएको नेपालले झण्डै १ वर्षमा ३ ओडीआई खेल खेली सकेको छ । जस्मा १ मा जित र २ मा पराजित भएको छ ।

यो नेपालको दोस्रो ओडीआई सिरीज हो । यस अघि नेपालले गत अगस्टमा नेदरल्यान्डसँग पहिलो ओडीआई श्रृंखला खेलेको थियो । उक्त श्रृंखला १–१ को बराबरीमा सकिएको थियो । दोस्रो ओडीआई श्रृंखलामा नै नेपालले पहिलो सिरीज जित्ने लक्ष्य राखेको छ । युवा खेलाडीले भरिएको नेपाल उच्च मनोबल र बेग्लै जोश जाँगरका साथ मैदान प्रवेश गर्ने छ । युवा खेलाडीलाई पनि प्रमाणित गर्ने राम्रो अवसर र चुनौती दुवै छ ।

यो श्रृंखलासँगै नेपाल आईसीसीको ओडीआई वरियतामा समावेश हुँदा झनै महत्त्वका साथ हेरिएको छ। अब नेपालको हरेक खेलको जित र हारले वरियतामा ठूलो प्रभाव पार्ने छ । खेलाडी पनि बरियतामा आउने छन् ।

आजको खेलमा स्पिनरद्वय ललित नारायण राजवंशी र युवा ब्याट्सम्यान भिम सार्कीले डेब्यू गर्ने सम्भावना छ । मिडिल अडर र तल्लो क्रम लगभग तय भई सकेको नेपालको ओपनिङमा ज्ञानेन्द्र मल्ललाई कसले साथ दिने भन्ने अझै निश्चित छैन । टप तथा मिडिल अडरमा पारससँगै दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, भिम सार्की र रोहित कुमार पौडेलले सम्हाल्ने छन् । तल्लो क्रममा विनोद भण्डारीसँगै सोमपाल कामी र करण केसीले जिम्मेवारी बहन गर्न सक्ने देखिन्छ ।

दीपेन्द्रसिंह ऐरी

त्यस्तै वसन्त रेग्मी ज्वोरोको कारण पहिलो खेल नखेल्ने संभावना छ । वसन्त नखेल्दा उनको ठाँउ ललितले लिने छन् । ललित ओडीआई डेब्यूको पर्खाईमा छन् । उनले राष्ट्रिय टोलीबाट लिष्ट ए र टी-२० मा भने राम्रो छाप छोडी सकेका छन् । स्पिनर सन्दीप लामिछाने र ललितले यूएईको मिडिल अडर धरासय बनाउने काम गर्ने छन् । साथै कप्तान पारस, दिपेन्द्र र आरिफले मध्यक्रममा सन्दीप र ललितको जोडीलाई राम्रो साथ दिने छन् । सुरुवात १० ओभर र ४०-५० ओभर सोमपाल र करणको जोडीले यूएईका ब्याट्सम्यानलाई पेभिलिएनको बाटो देखाउन खोज्ने छन् ।

यूएई नेपालको लागि कुनै नौलो प्रतिद्वन्द्वी भने होइन । यी दुई चिरपरिचित टोली हुन् । दुवै टोलीकाका खेलाडीलाई एक अर्काको कमजोरी राम्रोसँग थाहा छ । ओडीआईमा नेपाल र यूएईबीच एक खेल मात्र भएको छ । गत अगस्टमा एसिया कप छनोटमा यूएईले नेपाललाई ७८ रनले पराजित गरेको थियो । लिष्ट ए का पछिल्ला ५ खेलमा यूएई ३ र नेपाल २ खेलमा विजयी भएका छन् । पछिल्लो दुई वर्षमा नेपाल र यूएईको स्तर एउटै हो ।

कप्तान पारस खड्का

यता आफ्ना प्रमुख ३ खेलाडी रोहन मुस्तफा,अहमद राजा र रमीज शहजाद विना मैदान प्रवेश गर्ने यूएईलाई यी तीन खेलाडीको अभाव महसुस हुन सक्छ । यी तीनै खेलाडीलाई गत पुषमा सामाजिक सञ्जालमा टिकाटिप्पणी गरेको भन्दै यूएई क्रिकेट बोर्डले ८ हप्ताको प्रतिबन्ध लगाएको थियो । यूएई नाविदसँगै अनुभवी ओपनर अशफाक अहमद, तीव्र गतिका बलर जाहूर खान, अनुभवी ब्याट्सम्यान शाइमन अनवर, मोहम्द उस्मानको प्रर्दशनमा बढि निर्भर हुने छ । यूएईले घरेलु मैदानको फाइदा उठाउन सक्छ ।

यूएईका कप्तान नाविद नेपाली सबै खेलाडीसँग अझ राम्रोसँग परिचित छन् । अन्तर्राष्टिय म्याचमा मात्र होइन एक महिना अघि काठमाडौंमा सम्पन्न एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्ल्याडीयर्टसको जर्सी लगाउँदै सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । उनले ६ खेलमा १२ विकेट हात पारेका थिए । गत कात्तिकमा पोखरा प्रिमियर लिगमा पोखरामा पल्टनलाई उपाधि दिलाउने क्रममा उनले ५ खेलमा ७ विकेट लिएका थिए । घरेलु लिगमा पनि परिचित भएको हुँदा अन्य अनुभवी खेलाडीलाई छाडेर यूएईले नेपालविरुद्ध कप्तान दिएको हुन सक्ने अनुमान गर्न सकिन्छ । दुबईमा पनि नेपाली दर्शकको नेपालले राम्रो साथ आसा गरिएको छ ।

नेपालको टोली-पारस खड्का (कप्तान),अभिनाश बोहोरा,वसन्त रेग्मी,विनोद भण्डारी,दिपेन्द्रसिंह ऐरी,ज्ञानेन्द्र मल्ल,करण केसी,ललित नारायण राजवंशी, आरिफ शेख,पवन सर्राफ,प्रदिप ऐरी,रोहित कुमार पौडेल,सन्दिप लामिछाने,सोमपाल कामी,सन्दिप जोरा,भिम सार्की ।

यूएई टोली – मोहम्मद नाविद(कप्तान),मोहम्मद उस्मान(उपकप्तान),चिराग सुरी,अशफाक अहमद,मोहम्मद बुटा,शाइमन अनवर,गुलाम शब्बर,इमरान हैदर,ताहिर मुगल,अमिर हयात,जाहूर खान,कदीरअहमद,फहद नवाज,अब्दुल शकूर,सुल्तान अहमद,सी।पी।रिजवान ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.