7 years ago
January 25, 2019
सुबास हुमागाईं, दुबई
शीर्ष क्रमका ब्याट्सम्यानले गैरजिम्मेवारीपूर्ण ब्याटिङ गरेसँगै यूएईविरुद्ध पहिलो ओडीआईमा नेपालले कमजोर प्रदर्शन गरेको छ । आईसीसी ग्लोबल एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३३.५ ओभरमा अलआउट हुँदै १ सय १३ रनमात्र जोड्न सक्यो ।

नेपालका लागि सोमपाल कामीले ३० र आरिफ शेखले २५ रन जोड्नुबाहेक अन्य कुनै ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । पहिलो ओभरको चौथो बलमै ओपनर तथा उप कप्तान ज्ञानेन्द्र मल्ललाई डक आउटको रुपमा गुमाएको नेपालको ब्याटिङले सम्हालिने कुनै संकेत देखाएन । मल्ललाई कप्तान मोहम्मद नाविदले विकेटकिपर गुलाम शब्बीरको हातबाट क्याच गराए ।
नाविदले नै सातौं ओभरको पहिलो बलमा विनोद भण्डारीलाई ५ रनमा आउट गरे । तेस्रो विकेटका लागि कप्तान पारस खड्का र सोमपाल कामीले २८ रनको साझेदारी गर्दै केहि दबाब कम गरेका थिए । तर पारसले खराब सट खेल्दै आफ्नो विकेट खेर फाले । पारसलाई कदिर अहमदको बाउन्सरमा लामो सट खेल्ने धुनमा पारस २० रन बनाएको अवस्थामा बाउन्ड्रीनिर आमिर हायातबाट समातिए ।
लगत्तै १३ औं ओभरको चौथो बलमा सोमपाल कामीसँग रन लिने क्रममा समन्वय नहुँदा दिपेन्द्रसिंह ऐरी रन आउटका रुपमा खाता नखोली पेभिलिएन लागे । २१ औं ओभरमा सोमपाल कामी पनि ३० रनको स्थितिमा एलबीडब्लु धरापमा परेपछि नेपाल संकटमा परेको थियो । सोमपालले ४७ बलमा ३ चौका प्रहार गरे । लगत्तै पवन सर्राफ ४ रन, करण केसी ३ रन तथा वसन्त रेग्मी खाता नखोली पेभेलियन फर्किए ।
आरिफ शेख पनि आक्रामक सट खेल्दै बाउन्ड्रीनिर क्याच आउट भएपछि नेपालको सम्मानजनक रन जोड्ने सम्भावना कम भएको थियो । आरिफले ४३ बलको सामना गर्दै ३ चौका प्रहार गरे । सन्दीप लामिछानेले २७ बलमा १५ रन जोडे । ललित नारायण राजवंशी २ रनमा नटआउट रहे ।
नेपाललाई सस्तैमा रोक्न यूएईका कप्तान मोहमद नविदले ९ ओभरमा २ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए । अमिर हायतले पनि ३ विकेट लिंदा इमरान हैदरले २ विकेट हात पारे । कदीर अहमदको नाममा १ विकेट रहयो ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]