default_image

7 years ago

January 25, 2019

यूएईविरुद्ध नेपाल ३ विकेटले पराजित

117 views

0 Bookmark

सुबास हुमागाईं, दुबई

यूएईविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा शुक्रबार नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय १३ रनको समन्य लक्ष्य पछ्याउने क्रममा यूएई एक समय दबाबमा रहेपनि ३३ औं ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । यस पराजयसँगै नेपाल ३ खेलको सिरिजमा १-० ले पछाडी परेको छ ।

आईसीसी ग्लोबल एकेडेमी मैदानमा कप्तान पारस खड्का र सन्दीप लामिछानेले कसिलो बलिङ गर्दै यूएईको मध्यक्रमलाई ध्वस्त बनाएपछि नेपालले आश्चर्यजनक नतिजा हासिल गर्ने सम्भावना बढेको थियो । तर यूएईको तल्लोक्रमले धैर्यतापूर्ण ब्याटिङ गर्दै जितसम्म डोर्याए ।

यूएईले सामान्य लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात पायो । दोस्रो ओभरमै करण केसीले ओपनर अश्फाक अहमदलाई एलबीडब्लू आउट गरे । पाँचौ ओभरमा सोमपाल कामीले अर्का ओपनर चिराग सुरीलाई ४ रनमा पेभिलिएनको बाटो देखाउँदै यूएईलाई दबाबमा राखे ।

त्यसपछि पनि नेपालले लगातार विकेट लिने क्रमलाई निरन्तरता दियो । नवौं ओभरमा यूएईका भरपर्दा ब्याट्सम्यान शाइमन अनवरलाई करणले ११ रनमा बोल्ड गरेपछि नेपालको खेलमा फर्कने सम्भावना देखियो । लगत्तै कप्तान पारस खड्काले मोहम्द उस्मानलाई आउट गरे । ५३-४ को स्थितिमा पुगेको यूएईलाई सन्दीपको बलिङले झनै समस्यामा पार्यो ।

सन्दीपले लगातार ओभरमा फहाद नवाज र सर्वाधिक ३० रन जोडेका गुलाम शब्बरलाई आउट गरेपछि नेपालको जितको सम्भावना बढेको थियो । त्यसलगत्तै पारसले मोहम्मद बुटालाई ३ रनमा पेभिलिएनको बाटो देखाए । त्यसपछि यूएईका ब्याट्सम्यानले रक्षात्मक खेल खेल्दै टोलीलाई जितसम्म डोर्याए ।

आठौं विकेटका लागि आमिर हायात र इमरान हैदरले नटआउट ४३ रनको साझेदारी गर्दै जितसम्म पुर्याए । हायातले ४२ बलमा २४ रन तथा हैदरले ३९ बलमा १८ रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछाने, पारस खड्का र करण केसीले समान २-२ विकेट लिँदा सोमपाल कामीको नाममा १ विकेट रहयो ।

त्यसअघि शीर्ष क्रमका ब्याट्सम्यानले गैरजिम्मेवारीपूर्ण ब्याटिङ गरेसँगै टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३३.५ ओभरमा अलआउट हुँदै १ सय १३ रनमात्र जोड्न सक्यो । नेपालका लागि सोमपाल कामीले ३० र आरिफ शेखले २५ रन जोड्नुबाहेक अन्य कुनै ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् ।

पहिलो ओभरको चौथो बलमै ओपनर तथा उप कप्तान ज्ञानेन्द्र मल्ललाई डक आउटको रुपमा गुमाएको नेपालको ब्याटिङले सम्हालिने कुनै संकेत देखाएन । मल्ललाई कप्तान मोहम्मद नाविदले विकेटकिपर गुलाम शब्बीरको हातबाट क्याच गराए । नाविदले नै सातौं ओभरको पहिलो बलमा विनोद भण्डारीलाई ५ रनमा आउट गरे ।

तेस्रो विकेटका लागि कप्तान पारस खड्का र सोमपाल कामीले २८ रनको साझेदारी गर्दै केहि दबाब कम गरेका थिए । तर पारसले खराब सट खेल्दै आफ्नो विकेट खेर फाले । पारसलाई कदिर अहमदको बाउन्सरमा लामो सट खेल्ने धुनमा पारस २० रन बनाएको अवस्थामा बाउन्ड्रीनिर आमिर हायातबाट समातिए ।

लगत्तै १३ औं ओभरको चौथो बलमा सोमपाल कामीसँग रन लिने क्रममा समन्वय नहुँदा दिपेन्द्रसिंह ऐरी रन आउटका रुपमा खाता नखोली पेभिलिएन लागे । २१ औं ओभरमा सोमपाल कामी पनि ३० रनको स्थितिमा एलबीडब्लु धरापमा परेपछि नेपाल संकटमा परेको थियो । सोमपालले ४७ बलमा ३ चौका प्रहार गरे । लगत्तै पवन सर्राफ ४ रन, करण केसी ३ रन तथा वसन्त रेग्मी खाता नखोली पेभेलियन फर्किए ।

आरिफ शेख पनि आक्रामक सट खेल्दै बाउन्ड्रीनिर क्याच आउट भएपछि नेपालको सम्मानजनक रन जोड्ने सम्भावना कम भएको थियो । आरिफले ४३ बलको सामना गर्दै ३ चौका प्रहार गरे । सन्दीप लामिछानेले २७ बलमा १५ रन जोडे । ललित नारायण राजवंशी २ रनमा नटआउट रहे ।

नेपाललाई सस्तैमा रोक्न यूएईका कप्तान मोहमद नविदले ९ ओभरमा २ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए । अमिर हायतले पनि ३ विकेट लिंदा इमरान हैदरले २ विकेट हात पारे । कदीर अहमदको नाममा १ विकेट रहयो ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.