7 years ago
January 25, 2019
सुबास हुमागाईं, दुबई
यूएईविरुद्ध जारी ओडीआई सिरिजको पहिलो खेलमा नेपालको पराजयको कारण कमजोर ब्याटिङ प्रदर्शन रहेको कप्तान पारस खड्काले बताएका छन् । खेलमा पहिलो ब्याटिङ गरेको नेपाल जम्मा १ सय १३ रन जोड्दै अलआउट भएको थियो ।

कप्तान खड्काले पिचको अवस्थाका कारण क्रिजमा बसेर खेल्न कठिन भएको बताए । ‘पिच एकदम कठिन थियो । उछाल भरिएको पिचमा खेल्न हामीलाई बानि नपरेको पनि हो । जुनसुकै बलमा पनिविकेट गुम्ने स्थिति थियो । दुवै इनिङको ब्याटिङमा हामीले त्यो देख्न सक्छौं । यद्यपी हामीले केहि गल्ति गर्नुको कारण कमजोर योगफलमा सिमित हुन पुग्यौं,’ उनले भने ।
कप्तान खड्काले बलिङ प्रदर्शनले खेलमा फर्किएपनि जित हासिल गर्न नसक्दा भने दुख लागेको बताए । ‘बलिङ प्रदर्शन राम्रो थियो । हामीले खेलमा फर्किएर यूएईलाई दबाबमा पनि राख्यौं । केहि अवसर सदुपयोग गरेको भए नतिजा हाम्रो पक्षमा आउने थियो, तर क्रिकेट यस्तै हो । अब प्रदर्शन सुधार गर्नु जरुरि छ,’ उनले भने ।
अर्को खेलका लागि टोलीमा परिवर्तन गर्नेबारे भने पारसले विकेट हेरेपछि मात्र निर्णय लिइने बताए । ‘ हामी भोलि पनि यसै पिचमा खेल्दैछौं । तर आजजस्तो पेस बलरलाई सहयोग नपुग्ने हुन सक्छ । हामी आजको खेलबारे प्रशिक्षण टोली छलफल गर्छौं । नया समीकरण बनाएर कसरि अगाडी बढ्न सकिन्छ हेर्नेछौं,’ उनले भने ।
हेर्नुहोस पारसले खेलपछि के भने :
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]