default_image

7 years ago

January 25, 2019

‘शीर्ष ब्याट्सम्यानले ब्याटिङको जिम्मेवारी लिनुपर्छ’ – प्रशिक्षक टमाटा

119 views

0 Bookmark

सुबास हुमागाईं, दुबई

यूएईविरुद्ध तीन खेलको ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भयो । खराब ब्याटिङ प्रदर्शनका कारण पराजित भएपछि प्रशिक्षक जगत टमाटाले शीर्ष ब्याट्सम्यानले ब्याटिङको जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

प्रशिक्षक टमाटाले शीर्ष क्रममा जाने ब्याट्सम्यानले खेल जिताउने हिसाबले ब्याटिङ गर्नुपर्ने बताए । ‘ टोलीमा ब्याट्सम्यानको भूमिकामा बसेपछि त्यसैअनुसार जिम्मेवारी लिनुपर्छ । जुनियर होस् या  सिनियर होस् सुरुवाती एघारमा आफ्नो प्रदर्शन गर्नुपर्छ । शीर्षक्रमका ५-६ ब्याट्सम्यानले खेललाई आफ्नो पक्षमा पार्न जिम्मेवार भएर ब्याटिङ गर्नुपर्छ,’ उनले भने ।

हेर्नुहोस खेलपछि प्रशिक्षक टमाटाले के भने :


December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.