default_image

7 years ago

January 25, 2019

नेपालले यूएईसँग हार्नुको प्रमुख तीन कारण

182 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – यूएईविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा शुक्रबार नेपाल ३ विकेटले पराजित भएको छ । योसँगै तीन ओडीआई खेलको श्रृंखलामा घरेलु टोली यूएईले १– ० को अग्रता लिएको छ ।

नेपालले कमजोर ब्याटिङ प्रदर्शन गरेपछि यूएईले १ सय १४ रनको सामन्य लक्ष्य ३२.१ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो । यूएईको जितमा आमिर हायात र इमरान हैदरको आठौं विकेटका लागि नटआउट ४३ रनको साझेदारी महत्वपूर्ण रह्यो । नेपालका लागि सन्दीप लामिछने,पारस खड्का र करण केसीले समान २–२ विकेट लिएपनि झिनो लक्ष्यमा टोलीको जित सम्भव बनेन ।

त्यसअघि आईसीसी ग्लोबल एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३३.५ ओभरमा अलआउट हुँदै १ सय १३ रनमात्र जोड्न सक्यो । नेपालका लागि सोमपाल कामीले ३० र आरिफ शेखले २५ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । यूएईका कप्तान मोहमद नविद र अमिर हायतले समान तीन विकेट लिंदा इमरान हैदरले २ विकेट हात पारे ।

यी प्रमुख तीन कारण जसले गर्दा नेपालले यूएईसँगको पहिलो ओडीआई हार्नु पर्यो :

खराब सट छनोट  र गैरजिम्मेवारीपूर्ण ब्याटिङ

टस हारेपछि पहिलो ब्याटिङमा उत्रिएको नेपालले गुमाएका अधिकांश विकेट गलत सटको नतिजा  थियो । विनोद भण्डारी र ज्ञानेन्द्र मल्ललाई ओपनरको रुपमा उतारेको नेपालले कम्तिमा २ सय रन पार गर्ने अनुमान गरिएको थियो । तर नेपालले दुवै ओपनर सस्तैमा मोहमद नविदको बलमा कट बिहाइन्ड भए । तेस्रो विकेटका रुपमा कप्तान पारस खड्का पनि खराब सटको कारण पेभेलियन फर्किए ।

लगत्तै १३ औं ओभरको चौथो बलमा सोमपाल कामीसँग रन लिने क्रममा समन्वय नहुँदा दिपेन्द्रसिंह ऐरी रन आउटका रुपमा खाता नखोली पेभिलिएन फर्किनु पर्यो । नेपालले १३ ओभर भित्र मात्र ४७ रन जोड्दा प्रमुख चार विकेट गुमायो । चौथो नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल पनि दवावमा आउँदा २१ औं ओभरमा एलबीडब्लु धरापमा परे ।

शीर्ष क्रमका ब्याट्सम्यान लगातार पेभिलिएन फर्किदा तल्लो क्रमका ब्याटिङमा ठूलो असर पर्यो । पवन सरार्फ ४,करण केसी ३ र आरिफ शेख २५ रनमा आउट भए । जसको कारण नेपाल सस्तैमा समेटिदा पहिलो ओडीआईमा हार्नु पर्यो । आजको हारको प्रमुख कारक शिर्ष ब्याट्सम्यान हुन् ।

सिमित ब्याट्सम्यान, अत्याधिक बलर

नेपाली क्रिकेटको मुख्य समस्या परम्परा देखीनै ब्याटिङ हो । तर त्यहि कमजोर ब्याटिङमा आज सिमित खेलाडी थिए । ज्ञानेन्द्रसहित विनोद, पारस, दिपेन्द्र, आरिफ प्रमुख ब्याट्सम्यानको आधारमा मैदान उत्रिएको थियो । तर कुनै पनि ब्याट्सम्यानले सम्हालिएर ब्याटिङ गर्न सकेनन् । रोहित कुमार पौडेल र भिम सार्की जस्ता आशालाग्दा प्रतिभा बेन्चमा बस्नुपर्यो ।

भिम र रोहित मध्य एकलाई नखेलाउनु र पेस बलरलाई सहयोग पुग्ने पिचमा तीन प्रमुख स्पिनर बलर खेलाउनु नेपालको हारको अर्को कारण मान्न सकिन्छ । तीन मुख्य स्पिनरमा सन्दीपले २ विकेट लिँदा वसन्तले १ ओभर मात्र बलिङ गर्ने मौका पाए । डेब्यू गरेका ललितले बलिङ गर्नै मौका पनि पाएनन् । अर्का स्पिन विकल्प रहेका पवन पनि बलिङमा उत्रिएनन् ।

दुई स्पिनरका साथ एक ब्याट्सम्यानलाई मौका दिएको भए नेपालले अझ राम्रो प्रदर्शन हुने आँकलन गर्न सकिन्छ । तीव्र गतिका प्रमुख बलर सोमपाल कामी र करण केसीलाई छोडेर बलिङमा पारस, दिपेन्द्र, पवन र आरिफ पनि थिए । आज ललित र वसन्त दुवैको स्थानमा रोहित वा भिममध्य एकलाई मैदान उतारेको भए नतिजा फरक पनि आउन सक्ने थियो ।

साझेदारी तोड्न नसक्नु

सामान्य १ सय १४ रनको लक्ष्यमा पनि नेपाल कुनै समय आश्चर्य जितको संभावना नजिक पुगेको थियो । कप्तान पारस खड्का र सन्दीप लामिछानेले कसिलो बलिङ गर्दै यूएईको मध्यक्रमलाई ध्वस्त बनाएपछि नेपालले झिनो लक्ष्यमा पनि जित हासिल गर्ने सम्भावना बढेको थियो । तर यूएईको तल्लोक्रममा आमिर हायात र इमरान हैदरको साझेदारी तोड्न नसक्नु हारको अर्को कारण बन्यो ।

कुनै समय यूएई २० ओभरमा ७३–७ को स्थितीमा पुगेको थियो । जसमा आश्चर्यजनक जितको आसा गरिएको थियो । तर आठौं  विकेटका लागि आमिर हायात र इमरान हैदरले नटआउट ४३ रनको साझेदारी गरेपछि नेपालको झिनो जितको आसा मरेको थियो । जुन साझेदारी नेपाली बलरले तोड्न सकेको भए झिनो रनले विजयी हुन सक्ने संभावना थियो ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.