7 years ago
January 26, 2019
सुबास हुमागाईं, दुबई
नेपालले यूएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको छ । पहिलो खेलमा ३ विकेटले पराजित नेपालले टोलीमा एक परिवर्तन पनि गरेको छ ।

स्पिनर वसन्त रेग्मीको स्थानमा युवा ब्याट्सम्यान रोहितकुमार पौडेल टोलीमा आएका छन् । अघिल्लो खेलमा १ ओभर मात्र बलिङ पाएका वसन्त पूर्ण रुपमा फिट रहेका थिएनन् । उनको स्थानमा मध्यक्रमका ब्याट्सम्यान रोहित टोलीमा अटाएका छन् ।
नेपाल सिरिजमा १-० ले पछाडी छ । आजको खेलमा पराजित भए नेपालले एक खेलअगावै सिरिज गुमाउने छ ।
दोस्रो ओडीआईका लागि नेपाली टोली :
ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, पारस खड्का (कप्तान), सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, रोहितकुमार पौडेल, पवन सर्राफ, कारण केसी, सन्दिप लामिछाने, ललितनारायण राजवंशी
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]