default_image

5 years ago

January 27, 2019

सुपर सोमपाल !

सुबास हुमागाईं, दुबई ब्याटिङ होस् या बलिङ, नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सोमपाल कामीले आफूलाई एक भरपर्दा खेलाडीको रुपमा उभ्याएका छन् । टोलीमा एक तीव्र गतिका बलरको रुपमा स्थान बनाइरहेका सोमपालको भूमिकालाई लिएर समर्थकमाझ निकै चर्चा हुने गरेको छ, अझ भनौं विवाद नै हुने गरेको छ । धेरैले उनलाई एक बलर मात्र नभएर एक अलराउण्डरका रुपमा […]

34 views

0 Bookmark

सुबास हुमागाईं, दुबई

ब्याटिङ होस् या बलिङ, नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सोमपाल कामीले आफूलाई एक भरपर्दा खेलाडीको रुपमा उभ्याएका छन् । टोलीमा एक तीव्र गतिका बलरको रुपमा स्थान बनाइरहेका सोमपालको भूमिकालाई लिएर समर्थकमाझ निकै चर्चा हुने गरेको छ, अझ भनौं विवाद नै हुने गरेको छ ।

धेरैले उनलाई एक बलर मात्र नभएर एक अलराउण्डरका रुपमा प्रयोग गर्नुपर्ने पनि बताउँदै आएका छन् । यूएईविरुद्ध जारी तीन खेलको एकदिवसीय सिरिजमा सुरुवाती २ खेल सकिँदा उक्त चर्चा अझै चुलिने देखिन्छ । पहिलो खेलमा ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका सोमपालले दोस्रो खेलमा उत्कृष्ट बलिङ गर्दै ‘म्यान अफ द म्याच’ नै भए ।

सोमपाल र पारसले धैर्यतापूर्वक ब्याटिङ गर्दै नेपालको रनगति बढाउन थाले । नेपालले सामान्य रुपमा खेल्ने पिचभन्दा फरक बाउन्सले भरिएको पिचमा अधिकांश ब्याट्सम्यान खराब सटको शिकार भए । दुवै ओपनर ज्ञानेन्द्र मल्ल र विनोदसँगै कप्तान पारस खराब सटमा क्याच आउट हुँदा सोमपाल भने धैर्यतापूर्ण ब्याटिङ गरिरहेका थिए । उनले यसैबीच दिपेन्द्रसिंह ऐरीसँग रन लिने क्रममा समन्वय नहुँदा भने गल्ति गर्न पुगे ।

सोमपाल २१ औं ओभरमा पाँचौ विकेटका रुपमा पेभेलियन फर्कंदा टोलीको स्कोर ७१ रन थियो । इमरान हैदरको बलिङमा स्विप सट प्रहार गर्ने प्रयासमा सोमपाल एलबीडब्लू आउट भए । उनले ४७ बलमा ३ चौकाको मदतले नेपालका लागि सर्वाधिक ३० रन जोडे । त्यसपछि लगातार विकेट खस्दा नेपाल १ सय१३ रनमा समेटियो । बलिङतर्फ ओपनर चिराग सुरीलाई कट बिहाइन्ड गराउँदै १२-२ को स्थितिमा पुर्याउन सहयोग गरे । नेपालले यूएईलाई दबाबमा राखेपनि जित दर्ता गर्न भने सकेन ।

सोमपाल कामी

पहिलो खेलमा पराजित नेपालले दोस्रो खेलमा भने टस जितेर पनि ब्याटिङ नै रोज्यो । ओपनरद्वय विनोद भण्डारी र ज्ञानेन्द्र मल्लले ६१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । खेलपछि बोल्दै सोमपालले टोलीले १० ओभर अगाडी नै दुई विकेट गुमाएको भए आफू चौथो नम्बरमा नै जाने योजना रहेको बताए । तर नेपालले राम्रो ब्याटिङ गरेपछि सोमपाल मध्यक्रममा ब्याटिङ गर्न आएनन् । अन्तिम समयमा ब्याटिङ गर्न आएका सोमपाल २ रन जोड्दै तेस्रो बलमा लामो सट खेल्ने धुनमा क्याच आउट भए ।

दोस्रो खेलमा भने बलिङमा सोमपालले सनसनी नै मच्चाए । उनले आफूले फ्याँकेको सुरुवाती ४ ओभरमा यूएईका शीर्ष चार ब्याट्सम्यानलाई पेभेलियनको बाटो देखाए । पहिलो ओभरको अन्तिम बलमा चिराग सुरीलाई बोल्ड गरेका उनले आफ्नो दोस्रो ओभरमा पनि विकेट लिए । गुलाम सब्बेरलाई स्लिपमा आरिफको हातबाट क्याच आउट गराए ।

आफ्नो तेस्रो ओभरमा शैमान अनवरलाई एलबीडब्लू धरापमा पारेका सोमपालले चौथो ओभरमा तीव्र गतिका बलरले गर्ने अर्को चलाखीपूर्ण कदम चाले । १७ बलमा २० रन जोडेर आक्रामक ब्याटिङ गरिरहेका ओपनर अस्फाक अहमदलाई ‘स्लोअर बल’ फ्याँक्दै रिटर्न क्याच लिँदै सोमपालले यूएईलाई सातौं ओभरमा २९-४ को स्थितिमा पुर्याए । त्यसपछि दुई ओभर गरेका सोमपाललाई कप्तान पारसले विश्राम दिए ।

मध्यक्रमलाई सन्दीप लामिछानेले ध्वस्त पारेपछि पारसले उनलाई आक्रमणमा ल्याए । उनले फर्केर आएको तेस्रो बलमा जहुर खानलाई क्याच आउट गराउँदै नेपालको जित पक्का गरे । यसक्रममा उनले पाँच विकेट पनि हात पारे । नेपालको लागि ओडीआईमा ५ विकेट लिने पहिलो खेलाडी बनेका सोमपालको राष्ट्रिय टोलीबाट ओडीआई सर्वश्रेष्ठ प्रदर्शन पनि यहि नै हो ।

दोस्रो खेलमा म्यान अफ द म्याच बनेपछि टोलीमा आफ्नो भूमिकाबारे बोल्दै सोमपालले टोलीको मागअनुसार जुनसुकै भूमिका निर्वाह गर्न आफू तयार रहेको बताए । ‘ ओडीआई भने हामीले नियमित खेल्नेभन्दा माथिल्लो स्तरको हो । विभिन्न अवस्थामा आफूले कसरि खेल्ने भन्ने पूर्वतयारी हुनुपर्छ । दबाब त सधैं नै हुन्छ । पहिलो खेलमा विकेट निकै कठिन थियो । आफू एक बलर भएको कारण पनि पिचको अवस्था बुझेर खेल्न केहि सहज हुने गर्छ,’ उनले भने ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सोमपाललाई नेपाली क्रिकेटप्रति समर्पित रहेका खेलाडीको रुपमा देखेको बताए । ‘ सोमपाल निकै मिहिनेती खेलाडी हुन् । नेपाली क्रिकेटको लागि निकै समर्पित खेलाडीको रुपमा मैले उनलाई पाएको छु । उनमा क्रिकेटप्रतिको भोक छ,’ कप्तान खड्काले भने, ‘जुनै जिम्मेवारी दिएपनि उनी त्यसलाई पूरा गर्न लागि पर्छन् । मैदानभित्र मात्र नभएर मैदान बाहिरपनि सोमपाल उत्तिकै राम्रा छन् । उनी नेपाली क्रिकेटले निकै आशा गरेको खेलाडी हो र आउने दिनमा अझै सुधार गरुन भन्ने चाहन्छु ।’

राष्ट्रिय टोलीमा भारतीय प्रशिक्षक उमेश पटवाल हाल ब्याटिङ कन्सल्टेन्टका रुपमा कार्यरत छन् । नेपाली क्रिकेटमा विगत एक वर्षयता प्रत्यक्ष रुपमा देखिएका पटवाल सोमपाललाई उनको खेलप्रतिको बुझाईका कारण विभिन्न भूमिकामा आवश्यकताअनुसार प्रयोग गर्न सकिने बताउँछन् । ‘सोमपालमा खेलको बुझाई निकै राम्रो छ । हामीले टोलीमा उपलब्ध रहेका खेलाडीलाई टोलीलाई पारेको आवश्यकता अनुसार प्रयोग गर्ने हो,’ पटवालले थपे, ‘खेलको मागअनुसार उनले पहिलो खेलमा चौथो नम्बर र दोस्रोमा आठौँ नम्बरमा ब्याटिङ गरे । हामीले खेलाडीको खेल्ने शैली भन्दापनि टोलीको मागअनुसार खेलाडी प्रयोग गरेका हौं ।’

सोमपाल आफैं पनि पटवालको भनाइलाई सहि मान्छन् । यूएईविरुद्ध दोस्रो खेलपछि बोल्दै उनले भने , ‘मेरो भूमिका अनुसार मैले प्रदर्शन गर्नुपर्छ । अघिल्लो खेलमा ब्याटिङमा चौथो नम्बरमा आएपछि विकेट रोक्नुथियो र त्यहि गर्न सकें । उमेश सरले टुरअघि नै म्याच विनिङ स्पेल चिन्छ भन्नुभएको थियो, दोस्रो खेलमा पाँच विकेट हात पारे । अब तेस्रो खेलमा पनि यसै प्रदर्शनलाई निरन्तरता दिएर सिरिज जिताउने लक्ष्य छ ।’

सोमपालले पहिलो खेलमा ब्याटिङ र दोस्रोमा बलिङमार्फत आफ्नो जिम्मेवारी निर्वाह गरे । उनले टोलीले चाहेको अवस्थामा कुनैपनि स्थानमा ब्याटिङ गर्न सक्ने पनि देखाएका छन् । यसले टोलीको सन्तुलन बनाउन निकै सहयोग पुग्छ । तर सोमपाललाई दिर्घकालिन रुपमा एकै भूमिकामा तयार गर्न भने जरुरि छ । तीव्र गतिको बलरको कमी भइरहेको अवस्थामा सोमपालले राम्रो प्रदर्शन गर्दै आएका छन् । उनैलाई नियमित रुपमा ब्याटिङ गर्न पनि दबाब दिँदा बलिङमा पनि असर पर्न सक्छ ।

नेपालले अबको ४ वर्ष लगातार ओडीआई खेल्दैछ । सोमपाललाई पहिलो स्पेल बलिङ पनि गराउने र मध्यक्रमको ब्याटिङ सम्हाल्ने जिम्मेवारी पनि सुम्पदा उनलाई अनावश्यक दबाब आउन सक्छ । हरेक खेलमा फरक भूमिका निर्वाह गर्दा प्रदर्शनमा एकरुपता निकाल्न पनि कठिन हुन्छ । त्यसैले उनको जिम्मेवारी सन्तुलन गरेर अगाडी बढाउने हो भने सोमपालले नेपाली क्रिकेटलाई अझै धेरै योगदान दिन सक्छन् । क्षमताले भरिपूर्ण खेलाडीलाई उचित मार्गदर्शन र स्थान दिँदा व्यक्तिगत खेलाडी र समग्र टोलीलाई नै फाइदा पुग्नेछ ।

म्यान अफ द म्याच बनेपछि सोमपाल :

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.