default_image

10 years ago

April 17, 2016

पन्जाबले धोनीको पुनलाई हरायो

147 views

0 Bookmark

इन्डियन प्रिमिएर लिग अन्तर्गत आइतबार खेलिएको पहिलो खेलमा किंग्स इलेभेन पन्जाबले महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको राईजिंग पुने सुपरजाएन्ट्सलाई छ विकेटले हराएको छ|

New Delhi: Indian Premier League`s Rising Pune Supergiants captain MS Dhoni addresses during the unveiling of the team jersey for IPL-2016 during a programme in New Delhi on Feb 15, 2016. (Photo: IANS)

New Delhi: Indian Premier League`s Rising Pune Supergiants captain MS Dhoni addresses during the unveiling of the team jersey for IPL-2016 during a programme in New Delhi on Feb 15, 2016. (Photo: IANS)

पहिलो ब्याटिंग गर्दै सात विकेट गुमाएर १५२ रन बनाएको पुनेले पन्जाबको ब्याटिंगलाई रोक्न सकेन र १८.४ ओभरमै जित हात पार्यो| लक्ष्य प्राप्त गर्ने क्रममा पन्जाबका लागि म्यान अफ द म्याच मनन बोहराले आक्रामक परि खेलेका थिए| ओपनर मननले ३३ बलमा सात चौकको मद्दतले ५१ रन बनाएका थिए| उनीसंगै ओपनिंग गरेका मुरली विजयले ४९ बलमा ५३ रन बनाए| ग्लेन म्याक्स्वेलले १४ बलमा अविजित ३२ रन बनाऊँदै टोलीलाई जिततर्फ डोर्याएक थिए| पुनेका लागि मुरुगन आश्विनले तिन विकेट लिए भने अर्को एक विकेट अंकित शर्माको नाममा रह्यो|

पहिलो ब्याटिङ्ग गरेको पुनेले ओपनर रहानेलाई सस्तैमा गुमाएपनि अर्का ओपनर फाफ डु प्लेसिसको ६७ रन्को पारीले सम्हालिएको थियो| अष्ट्रेलियाली स्टिभ स्मिथले ३८ र केभिन पिटर्सनले १५ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्| पुनको परीलाई धराशायी बनाउन पन्जाबका मोहित शर्माले चार ओभरमा २३ रनमात्र खर्चेर ३ विकेट लिएका थिए| सन्दिप शर्माले २ र काइल अबोटले १ विकेट हात पारे|

जितसंगै पन्जाबले जारी सिजनमा अंकको खाता खोलेको छ भने पुनेले लगातार दोश्रो हार व्यहोरेको छ|

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.