7 years ago
January 27, 2019
दुबई (हाम्रो खेलकुद) – नेपाल र यूएईबीच जारी तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो तथा निर्णायक खेल सोमबार हुँदैछ । नेपाल पहिलो खेलमा ३ विकेटले पराजित हुँदा दोस्रो खेलमा १ सय ४५ रनको फराकिलो जित निकालेको थियो । यो सँगै श्रृंखला १–१ को बराबरीको अवस्थामा छ ।

सोमबार नेपालले नतिजा आफ्नो पक्षमा पार्न सके ओडीआई मान्यता पाएको एक वर्ष नपुग्दै पहिलो सिरीज जित्ने छ । जसको लागि नेपाली खेलाडी आतुर छन् । पहिलो सिरीज जित्ने लक्ष्यका साथ नेपाली टोली आईसीसी एकेडेमी मैदान प्रवेश गर्नेछ । नेपालले गत मार्चमा जिम्बाबेमा सम्पन्न एक दिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहेर चार वर्षको लागि वान डे मान्यता प्राप्त गरेको थियो । गत अगस्टमा पहिलो ओडीआई सिरीज नेदरल्यान्डसँग खेल्दै १–१ को बराबरीमा सकाएको थियो ।
हालसम्म नेपालले ५ ओडीआईमा ३ मा हार र २ मा जित निकालेको छ । तेस्रो ओडीआई सिरिजको निर्णायक खेलको पूर्वसन्ध्यामा बोल्दै कप्तान पारस खड्काले पनि पहिलो सिरिज जित्न टोली एकतृत भएर लागेको बताएका छन् । ‘हामी पहिलो ओडीआई सिरिज जित्ने संघारमा छौं । यसका लागि सबैले एकतृत भएर मिहिनेत गर्छौं । यसअघिको नतिजा वास्ता नगरि भोलि नयाँ खेलको लागि जुटेका छौं । हामीले अघिल्लो खेलको लयलाई निरन्तरता दिँदै जित हासिल गर्ने प्रयासमा हुनेछौं,पारसले भने ।
त्यस्तै तेस्रो खेलमा टोलीमा भिम सार्कीकाले डेब्यू गर्ने संभावना छ। घरेलु लिगमा उत्कृष्ट प्रर्दशन गरेका भिमले सुरुवाती दुई खेलमा टोलीमा परेनन् । पवन सरार्फलाई पहिलो खेलमा डेब्यू गराएको नेपालले दोस्रो खेलमा पनि निरन्तरता दिएको थियो । तर पवनले अपेक्षा गरे अनुसारको प्रर्दशन गर्न सकेनन् । डेब्यूमा ४ रन जोडेका पवनले दोस्रो खेलमा ८ रन मात्र बनाउन सके । त्यसैले तेस्रो खेलमा पवनको ठाउँमा भिमलाई डेब्यू गराउन सक्ने संभावना देखिन्छ ।
तेस्रो खेलअघि कसले के भने ?
कप्तान पारस खड्का :
प्रशिक्षक जगत टमाटा :
ब्याटिङ कन्सल्टेन्ट उमेश पटवाल :
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]