10 years ago
April 17, 2016
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) का ग्लोबल डाइरेक्टर टिम एन्डरसनले नेपाली क्रिकेट आइसिसीले कुनै हस्तक्षेप नगरेको बताएका छन् ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप आइसिसीको आधिकारिक प्रतियोगिता भएकोले त्यो आयोजना गर्नु उसको दायित्व भएको उल्लेख गर्दै आइतबार आयोजित पत्रकार सम्मेलनमा भने,‘हामीले नेपालमा कुनै हस्तक्षेप गरेका छैनौं ।’ नेपाली क्रिकेटको विवादलाई आइसिसीले नियालिरहेको उल्लेख गर्दै उनले थपे,‘ अहिले नेपालमा क्रिकेटको काम गर्ने आधिकारिक निकाय छैन ।’ निर्वाचित र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट गठित तदर्थ समिति दुवै आइसिसीको नजरमा रहेको जनाउँदै एन्डरसनले भने,‘ अहिले विवाद अदालतमा छ । त्यसैले त्यो निर्णय कुरेर बसेका छौं । हामी जति सक्दो छिटो क्यान विवाद समाधान भएको हेर्न चाहन्छौं ।’ क्रिकेटको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ ।
चतुरबहादुर चन्दको अध्यक्षतामा मंसिर २९ गते क्यानको निर्वाचन भएको थियो । त्यो निर्वाचनलाई मान्यता नदिएको भन्दै राखेपले रमेश सिलवालको अध्यक्षतामा पुस २४ गते १५ सदस्यीय तदर्थ समिति गठन भएको थियो । पछि निर्वाचित क्यानले तनर्थ समितिसहित राखेपको निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेको थियो । आउने दिनमा नेपालको क्रिकेट कसरी अघि बढ्छ भन्ने प्रश्नमा एन्डरसनको जवाफ थियो,‘ नामिबियासँगको खेलअघि जसरी चलेको थियो त्यसरी नै चल्छ । यहाँको अरु विषयमा हामी केही गर्न सक्दैनौं ।’ नेपाल र नामिबियाबीच शनिबारको खेलमा उपस्थित दर्शकको उच्च प्रशंसा गरेका एन्डरसनले भने नेपालमा तत्काल दैनिक कामकाजका लागि समेत कुनै आधिकारिक प्रशासनिक निकाय नभएको बताएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]