7 years ago
January 28, 2019
सुबास हुमागाईं
दुबई – दुबईमा जारी एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको तेस्रो तथा निर्णायक खेलमा नेपालका कप्तान पारस खड्काले शतक प्रहार गरेका छन् । यो शतक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि नेपाली खेलाडीको पहिलो शतक पनि हो ।

पारसले ९६ बलको सामना गर्दै १३ चौका र १ छक्काको मद्दतमा आफ्नो शतक पुरा गरेका हुन् । १९ रनको क्षतिमा विनोद भण्डारीलाई गुमाएपछि क्रिजमा आएका पारसले उपकप्तान ज्ञानेन्द्र मल्ल (३१ रन) को राम्रो साथ पाए ।
दिपेन्द्र ऐरी (६ रन), पहिलो खेल खेलिरहेका सन्दिप जोरा (१९ रन) र रोहित पौडेल (१६ रन) छिट्टै आउट भएपनि एक तर्फबाट पारसले नेपालको इनिङ्स सम्हालिरहेका छन् ।
अहिले आरिफ शेख ४ रनसहित क्रिजमा छन् भने ३४ ओभर खेलिसक्दा ५ विकेटको क्षतिमा नेपालको १ सय ९३ रन रहेको छ ।
टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालले २ सय ५५ को लक्ष्य पाएको छ । सुरुवातमा राम्रो तथा कसिलो बलिङ गरे पनि पछिल्लो १५ ओभर नेपालको लागि खर्चिलो सावित भयो । बलिङतर्फ पनि पारसले २ विकेट लिएका थिए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]