7 years ago
January 28, 2019
सुबास हुमागाईं, दुबई
नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का यूएईविरुद्ध सोमबार सम्पन्न ओडीआई सिरिजको ‘म्यान अफ द सिरिज’ घोषित भएका छन् । निर्णायक खेलमा नेपाललाई ४ विकेटको जित दिलाउन कप्तान पारसले शतक प्रहार गरेका थिए । यस जितसँगै नेपालले सिरिज २-१ ले जितेको छ ।

पारस खेलको म्यान अफ द म्याच पनि घोषित भए । सोमबार आईसीसी एकेडेमी मैदानमा पारसले १ सय ९ बलमा १ सय १५ रन प्रहार गर्दै नेपाललाई २ सय ५५ रनको विशाल लक्ष्यतर्फ अग्रसर गराएका थिए । उनले त्यसअघि बलिङतर्फ दुई विकेट पनि लिएका थिए ।
सिरिजको यसअघिका दुई खेलमा पनि अलराउन्ड प्रदर्शन गरेका पारस म्यान अफ द सिरिज पनि भए । पहिलो खेलमा नेपाल ३ विकेटले पराजित हुँदा पारसले २० रनको योगदान दिंदै २ विकेट हात पारेका थिए । दोस्रो खेलमा २१ रन जोडेपनि पारसले विकेट भने हात पारेका थिएनन् । उनले सन्दीप लामिछानेसँग कसिलो स्पेल गरेपछि नेपालको जितको आधार तयार भएको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]