default_image

5 years ago

January 28, 2019

पहिलो पटक आईसीसीको ओडीआई वरियतामा नेपाल

एजेन्सी- अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी) को ओडीआई वरियतामा नेपाल पहिलो पटक परेको छ । सोमबार यूएईलाई ४ विकेटले हराउँदै २-१ ले श्रृंखला जितेको नेपाल आईसीसीको ओडीआई वरियतामा १५ औं स्थानमा छ । नेपाल १ सय ५२ पोइन्ट र १५ रेटिङ अंकका साथ १५ औं स्थानमा छ । ओडीआई वरियतामा इंग्ल्यान्ड शीर्षस्थानमा रहेको छ । नेपालले […]

33 views

0 Bookmark

एजेन्सी- अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी) को ओडीआई वरियतामा नेपाल पहिलो पटक परेको छ । सोमबार यूएईलाई ४ विकेटले हराउँदै २-१ ले श्रृंखला जितेको नेपाल आईसीसीको ओडीआई वरियतामा १५ औं स्थानमा छ ।

नेपाल १ सय ५२ पोइन्ट र १५ रेटिङ अंकका साथ १५ औं स्थानमा छ । ओडीआई वरियतामा इंग्ल्यान्ड शीर्षस्थानमा रहेको छ । नेपालले गत मार्चमा जिम्बाबेमा सम्पन्न एक दिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहेर चार वर्षको लागि ओडीआई मान्यता प्राप्त गरेको थियो ।

गत अगस्टमा पहिलो ओडीआई सिरीज नेदरल्यान्डसँग खेल्दै १–१ को बराबरीमा सकाएको थियो । एसिया कप छनोटमा नेपाल यूएईसँग पराजित भएको थियो । आजको श्रृंखला जितेसँगै नेपालले ६ ओडीआईमा समान तीनमा जित र हार निकालेको छ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.